उद्धार कोषमा रकम थपिदै

२०७२ जेष्ठ ११ गते, सोमबार

काठमाडौँ, ११ जेठ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला हुने क्रम जारी छ ।उक्त कोषमा जम्मा हुने गरी आज विभिन्न बैंक तथा वित्तीय संस्थाले राहत रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका छन् ।यसैक्रममा प्राइम कमर्सियल बैंकले कोषमा रु ५० लाख प्रदान गरेको छ । बैंकका अध्यक्ष सभासद् उमेश श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले उक्त राशिको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
यसैगरी निक्षेप तथा कर्जा सुरक्षण निगम सञ्चालक समितिका अध्यक्ष डा। दण्डपाणी पौडेलले रु २७ लाख ,नेपाल सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष मणिरत्न शाक्यले रु २५ लाख दीपङ्कर फाउण्डेसनका अध्यक्षले रु १० लाख काष्ठमण्डप विकास बैंक लिमिटेडका बैकका प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले रु पाँच लाख र चलचित्र विकास बोर्डका कार्यकारी सदस्य राजेन्द्र केसीले रु ५लाखको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरे ।
मुलुक महाविपत्तिबाट गुज्रिरहेको अवस्थामा हृदय खोलेर कोषमा सहायता रकम उपलब्ध गराएकामा सबै दाताप्रति प्रधानमन्त्रीले कृतज्ञता ज्ञापन गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार