इलाम–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चको संयोजकमा भट्टराई

२०७६ भाद्र २१ गते, शनिबार

काठमाडौं, २१ भदौ । नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति, नेपाल अन्तर्गत इलाम–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चको ऐतिहासिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा प्रमुख अथिति तथा जनगणन्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिका अध्यक्ष रत्न मगर र खेम प्रधानको आतिथ्यतामा बुधबार सम्पन्न भएको हो । सम्मेलनले गंगाराम भट्टराई संयोजक रहने गरि ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जस अन्तरगत विपना राइर्, कर्ण राई, जितेन राइर्, गज्जनी निरौला, सन्तोष भण्डारी र मिलन राई रहेका छन् ।
यस्तै प्रमुख अथिति रत्न मगरले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिंदै यो प्रतिबन्धमा पनि अझ सशक्त रुपमा अगाडी बढ्न र एकीकृत जनक्रान्तिको बाटो सफल बनाउन आम समुदायलाई आह्वान गरेका छन् । त्यसैगरी केन्द्रीय सदस्य तथा कार्यत्रमको अध्यक्षता खेम प्रधानले बधाई एवम् शुभकामना व्यक्त गरेका छन् । त्यसैगरी नवनिवचित संयोजकले गंगराम भट्टराइले संगठनलाई डटेर अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु