आन्दोलनले उग्ररुप लिएपछि पारिश्रमिक वृद्धि र कर छुटको घोषणा

२०७५ मंसिर २५ गते, मंगलवार

काठमाडौं, २५ मंसिर । सरकारविरोधी आन्दोलन चर्किंदै गएपछि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले न्यूनतम् पारिश्रमिक वृद्धि र करमा छुट दिने घोषणा गरेका छन् । इन्धनमा भएको मूल्यवृद्धि र महंगी बढेको विरोधमा फ्रान्समा चार हप्तादेखि हिंस्रक आन्दोलन भइरहेका बेला राष्ट्रपति म्याक्रोनले टेलिभिजनमार्फत् राष्ट्रका नाममा सम्बोधन गर्दै न्यूनतम् पारिश्रमिक वृद्धि र कर छुट दिने घोषणा गरेका हुन् । प्रदर्शनका क्रममा भएको हिंसाको निन्दा गर्दै राष्ट्रपति म्याक्रोनले प्रदर्शनकारीले उठाएका कतिपय माग जायज भएको स्वीकार गरे । उनले सन् २०१९ मा न्यूनतम् पारिश्रमिकमा प्रतिमहिना १ सय युरो बढाउने घोषणा गरे । उनले कम आय भएकाहरु माथिको कर वृद्धिको घोषणा पनि रद्द गरिदिएका छन्
त्यस्तै ओभरटाइम काम गरेवापत पाउने पारिश्रमिकमा कर नलगाउने पनि उनले जानकारी दिए । सम्बोधनका क्रममा राष्ट्रपति म्याक्रोनले फ्रान्सका सबै क्षेत्रका मेयरसँग भेटघाट गर्ने र जनताका मुद्दामा बहस गर्न प्रोत्साहित गर्नेसमेत बताए । -एजेन्सी

प्रतिक्रियाहरु