आन्दोलनरत चिकित्सकसंग वार्ता हुने

२०७१ श्रावण २६ गते, सोमबार

काठमाडौं ,२६ साउन।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा आन्दोलनरत आवासीय चिकित्सकसंग आज वार्ता हुने भएको छ ।वीर अस्पतालका आवासीय चिकित्सक संघका अध्यक्ष डा. मंगल रावलले सरकारी वार्ता टोली र प्रतिष्ठानका पदाधिकारीसंग वार्ता हुने बताए । वार्ताको समय भने टुंगो लागेको छैन ।
सरकारले आइतबार प्रतिष्ठानको शिक्षाध्यक्षमा प्राध्यापक डा. रंगबहादुर बस्नेत, रजिष्टारमा प्राध्यापक डा. किरण मानन्धर, डिनमा सहायक प्राध्यापक यहुनचन्द्र सिवाकोटी, निर्देशकमा सहायक प्राध्यापक स्वयंप्रकाश पण्डित र कार्यकारी सदस्यमा भुपेन्द्र बस्नेतलाई नियुक्त गरेको थियो ।
स्वास्थ्य मन्त्री खगराज अधिकारीले नवनियुक्त पदाधिकारीलाई वीर अस्पतालमा चलिरहेको आन्दोलन तत्काल रोकेर थप सुधारका काम थाल्न निर्देशन दिएपछि पदाधिकारीले आन्दोलनरत चिकित्सक संग वार्ता गर्न लागेको हो । आफूहरुले राखेका मागमध्ये पदाधिकारी नियुक्ति भइसकेकाले अस्पताल सुधार लगायतका बाँकी माग पूरा हुने बित्तिकै काममा फर्किने आवासीय चिकित्सक संघका अध्यक्ष रावलले बताए ।
अस्पतालमा आवश्यक उपकरणको व्यवस्था हुनुपर्ने, सेवा प्रभावकारी हुनुपर्ने लगायतका माग राखी आवासीय चिकित्सकहरु तीन हप्तादेखि आन्दोलनमा छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु