आत्मघाती बम विस्फोटमा ३३ मारिए

२०७२ बैशाख ६ गते, आईतवार

काठमाडौं । अफगानिस्तानमो जलालावादको एक बैंकमा गराइएको आत्मघाती बम विस्फोटमा परी ज्यान जाने व्यक्तिको सङ्ख्या ३३ पुगेको छ । अफगान सुरक्षा अधिकारीहरुले घाइते भइ अस्पतालमा राखिएका व्यक्तिको मृत्यु भएपछि शनिबार बिहान भएको सो बम विस्फोटमा परी मारिने व्यक्तिको सङ्ख्य अपरान्हसम्ममा ३३ पुगेको होजलालावादको नगर क्षेत्रमा रहेको एक बैंकमा सरकारी कर्मचारीले मासिक तलब लिनका लागि जम्मा भइरहेको समयमा सो हमला भएको छ । मारिनेमा अधिकांश सरकारी कर्मचारी परेका छन् ।
कर्मचारीले मासिक तलब लिनका लागि सो बैंकमा भिड लागेको समयमा यस्तो हमला भएको प्रहरीले जनाएको छ । उक्त बैंकको परिसरमा ठूलो सङ्ख्यमा कर्मचारी जम्मा भएको समयमा हमला भएको बताइएको छ । शनिबार बिहान भएको सो बम विस्फोटमा परी कम्तीमा २२ जनाको घटनास्थलमै ज्यानगएको थियो । बाँकीको भने उपचारका क्रममा मृत्यु भएको नान्गार प्रान्तका प्रहरी प्रमुखले बताएका छन ।

प्रतिक्रियाहरु