आज हेपाटाइटिस दिवस

२०७१ श्रावण १२ गते, सोमबार


काठमाडौं , १२ साउन । आज विश्व हेपाटाइटिस विरुद्धको दिवस, नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्षको हेपाटाइटिस दिवसको नारा ‘हेपाटाइटिस फेरि एकपटक सोचौं, यसलाई बुझौं र यस रोगबारे सही प्रकारले सूचित होऔं’ भन्ने तय गरिएको छ ।
यो दिवस सन् २००८ देखि हरेक वर्ष २८ जुलाईका दिन विश्व भर थालिएको थियो । नेपालमा भने सन् २०१० को जुलाई २८ देखि मात्र मनाउन थालिएको हो । आइतबार हेपाटाइटिस दिवसको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा द लिभर क्लिनिकका अध्यक्ष डा. अनन्त श्रेष्ठले नेपालमा भाइरल हेपाटाइटिस कलेजो रोगको महत्वपूर्ण कारकको रूपमा देखिन्छ भने अल्पकालिन हेपाटाइटिस तथा जन्डिसको प्रमुख कारण हेपाटाइटिस भएको जानकारी दिए । हेपाटाइटिस ई गर्भवती महिलामा चक्रो रूपमा सङ्क्रमित हुने गरेको उल्लेख गर्दै श्रेष्ठले कुल सङ्क्रमित मध्ये करिब २५ प्रतिशत गर्भवती महिलाको मृत्यु यही रोगका कारण हुने गरेको बताए ।
दश वर्ष भन्दा कम उमेरका बालकलाई हेपाटाइटिस बी सर्‍यो भने जन्मभर उक्त रोगका जीवाणु हुन सक्ने सम्भावना ९० प्रतिशत रहेको उल्लेख गर्दै फाउन्डेसनका अध्यक्ष डा श्रेष्ठले बढी उमेरमा सर्‍यो भन्ने ९० प्रतिशत हराएर जाने र १० प्रतिशत मात्र बाकी रहने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु