आज साउने संक्रान्ति अर्थात् लुतो फाल्ने दिन

२०७६ श्रावण १ गते, बुधबार

काठमाडौं, १ साउन । आज साउने सक्रान्ति अर्थात लुतो फाल्ने दिन । साउन महिनामा सूर्य कर्कट राशीमा रहने भएकालो धेरै गर्मी हुने र निरन्तर झरि पर्ने तथा कृषकहरु कृषीकार्य गर्दा पानीमा भिज्ने, माटोमा खेल्ने, अनि हिलाम्मे हुने हुन्छ । जसका कारण मानिसलाई यो महिनामा विभिन्न किसिमका छालासंग सम्बन्धित रोगहरु विषेश गरि लुतो, दाद, घमौरा आउने बढी सम्भावना हुन्छ । साउने संक्रान्तिलाई यो परिपेक्षमा लुतो फाल्ने सक्रन्तिका रुपमा मनाउने चलन छ । लुतो फाल्ने आ–आफ्नै जनविश्वास रहेको छ ।
यस दिन नदि किनारमा गई शरीरमा लेसिलो पहेंलो माटो दलेर नुहाउँदा फोहोरजन्य कारणबाट आउने लुतो फालिन्छ भन्ने जनविश्वाश छ भने कसैले भान्टालाई दूलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा समेत लुतोबाट छुटकारा पाइने जनविश्वास रहिआएको छ । कतै भने आज बेलुका साझ परेपछि पैयाको हाँगा, कुरिल्लो आदि राखेर आगोको राको लाई फाल्ने चलन पनि छ ।
साउन महिनाभरि अत्यन्त वर्षा हुने भएकोले यसलाई ‘पावस ऋतु’ पनि भनिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार