आज विश्व क्षयरोग दिवस

२०७३ चैत्र ११ गते, शुक्रबार

काठमाडौं, ११ चैत । अाज २४ मार्च अर्थात विश्व क्षयरोग दिवस । क्षयरोगबारे जानकारी र निवारणमा जनचेतना फैलाउने उद्देश्यले हरेक बर्ष झै नेपालमा आज पनि विभिन्न कार्यक्रम गरेर विश्व क्षयरोग दिवस मनाइँदै छ । क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । यो श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्छ । लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, ज्वरो आउने, रातीमा पसीना आउने, थकाई लाग्ने, तौल कम हुँदै जाने जस्ता समस्या लामो समयसम्म रहे तुरुन्तै स्वास्थ्य संस्थामा गएर जाँच गर्न चिकित्सकले सुझाव दिएका छन् ।
मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका व्यक्तिलाई क्षयरोग सजिलै सर्छ । तर समयमै औषधि सेवन सुरु गरे क्षयरोगबाट बच्न सकिने चिकित्सकले बताउँछन् ।
एक जना क्षयरोगीले समयमा औषधि नगर्दा एक वर्षमा अरु १० देखि १५ प्रतिशतलाई रोग सार्ने चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु