आज राष्ट्रिय योग दिवस

२०७६ माघ १ गते, बुधबार

काठमाडौं, १ माघ । आज पाँचौँ राष्ट्रिय योग दिवस । सरकारले ‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’ भने मूल नाराको साथ पाँचौँ राष्ट्रिय योग दिवस साताव्यापी रूपमा मनाउने भएको छ । माघ १ देखि एक सातासम्म ‘राष्ट्रिय योग दिवस २०७६’ मनाउन लागिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जानकारी दिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहित ७७ वटै जिल्ला तथा आयुर्वेद सम्बद्ध सबै संस्थाहरूमा विभिन्न कार्यक्रम गरी योग दिवस मनाइदै छ ।
स्वस्थ तथा तन्दुरुस्त रहनका लागि योग अत्यन्त उपयोगी मानिन्छ । पछिल्लो समय अस्वस्थकर जीवनशैलीका कारण मानव स्वास्थ्यमा नकारात्मक प्रभाव चुलिँदो छ । पूर्वीय दर्शनद्वारा व्यवस्थित तथा ऋषि–महर्षिहरूद्वारा सिद्ध योगको बहुआयामिक महत्वबोध गर्दै पछिल्लो समय विश्वभरि नै योग दिवस मनाउने गरिएको छ ।
अव्यवस्थित खानपान, बिलासी जीवनशैलीका कारण धेरै जसो मानिसहरु नसर्ने रोगको शिकार भएका छन् । नसर्ने किसिमका रोगमा पनि मानसिक समस्या, मोटोपनसम्बन्धी समस्याले आधा हिस्सा ओगट् गरेको छ । यस्ता समस्यादेखि रोकथाम गर्ने मानिसकले शारीरिक व्यायाम अपरिहार्य रहेको योगा प्रशिक्षकहरु बताउँछन् । योगाका माध्यमबाट नसर्ने रोगबाट बच्न सकिन्छ । दैनिक पसिना आउने गरी शारीरिक अभ्यास गरेमा नसर्ने रोगबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु