आज रामजानकी विवाह महोत्सव

२०७४ मंसिर ७ गते, बिहीबार

काठमाडौं, ७ मंसिर । ऐतिहासिक रामजानकी विवाह महोत्सव जनकपुरधाममा हर्षोल्लासका साथ आज मनाईंदै छ । प्रत्येक वर्ष मंसीर शुक्ल पञ्चमीका दिन मर्यादा पुरुषोत्तम भगवान श्रीराम र आदर्श नारी सीताबीच त्रेता युगमा भएको विवाहको स्मरणमा विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ । सात दिने महोत्सवको छैठौं दिन आज जनकपुरको जानकी मन्दिरमा बैदिक परम्परा अनुसार राम र सीताबीच विवाह गराइन्छ ।
जानकी मन्दिरबाट निस्केको सीताको डोली र राममन्दिरबाट निस्केको रामको डोली रंगभूमि मैदानमा पुगी सीता स्वयंवर गर्ने चलन छ । पवित्र सरोवर गंगासागर, धनुषसागरसहितका जलाशयमा स्नान गरी राम मन्दिर र जानकी मन्दिरमा पूजापाठ गर्न श्रद्धालु भक्तजनको विहानैदेखि भीड लागेको छ । सो अवसरमा निस्किने भगवानको डोला शोभायात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दै आफूलाई धन्य सम्झने चलन छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार