आज नवौं लोकतन्त्र दिवस

२०७१ बैशाख ११ गते, बिहीबार


काठमाडौं, ११ बैशाख। तत्कालीन नेकपा (माओवादी) र संसदवादी सात दल बीच भएको १२ बुँदे सहमतिको आधारमा भएको २०६२/६३ को १९ दिने जनआन्दोलनबाट मुलुकमा वैशाख ११ गते अर्थात आजकै दिन लोकतन्त्र स्थापना भएको थियो ।नेपालीले गरेको ऐतिहासिक जनआन्दोलनबाट नेपालमा लोकतन्त्र घोषणा भएको दिन आज विभिन्न कार्यक्रम आयोजना गरी लोकतन्त्र दिवस मनाइँदैछ ।नेपालमा लोकतन्त्र स्थापना भएको नवौं वर्ष पुगेपनि यसबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न नसक्दा आन्दोलनमा होमिएका सम्पूर्ण नेपालीलाई निराशा जागेको छ । सम्पूर्ण जनता सडकमा ओर्लिएर गरेको दोस्रो जनआन्दोलनले नेपालको शाहवंशीय शासनव्यवस्था हटेर लोकतान्त्रिक गणतन्त्रात्मक देश नेपाल बन्न पुगेको छ ।
लोकतन्त्र दिवस मनाउन आज सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु