आज जनकपुर बन्द

२०७१ भाद्र १६ गते, सोमबार


काठमाडौ, १६ भदौ । ल्याण्डफिल बनाउने तय भएको स्थानमा विश्व विद्यालय निर्माण गर्ने कार्यको विरोधमा आज १७ दलले जनकपुर बन्द गरेका छन् ।
जनकपुरका बजार, कलकारखाना, शिक्षणसंस्था र यातायात पूर्ण रुपमा ठप्प बनेको छ । एडिवी परियोजना अन्तर्गत धनुषाको फुलगामामा रहेको गुठीको जग्गामा ल्याण्डफिल साइट बनाउने तय भइसकेको बेला भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधीले सो जग्गामा राजर्षि जनक विश्व विद्यालय बनाउने योजना ल्याएपछि परियोजनाको सम्पूर्ण कार्य अहिले रोकिएको छ ।
ल्याण्डफिल साइटका लागि नगरपालिकाले अन्य स्थान खोजिरहेको छ । प्रदर्शनकारीले मन्त्री निधि विरुद्ध नारावाजी गर्दै जनकपुरमा प्रर्दशन गरी रहेका छन् । जनकपुरको चोक चोकमा टायर बालिएको छ भने जनकपुरवाट पूर्व पश्चिम राजमार्ग जाने मुख्य मार्ग पिडारी चोकमा धर्ना बसेका छन् ।
जुलुसको नेतृत्व एकीकृत नेकपा माओवादीका मधेश व्युरो इन्चार्ज राम चन्द्र झा, नेकपा एमालेका केन्द्रिय सदस्य श्रीप्रसाद साह र जनकपुर नगरपालिकाका पूर्व मेयर वजरंग प्रसाद साहले गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार