आइएसमाथि रकेट आक्रमण

२०७२ आश्विन २१ गते, बिहीबार

काठमाडौं, २१ असोज । रुसले सिरियास्थित आइएस केन्द्रहरुलाई लक्षित गरी क्यास्पियन सागरमा रहेका आफ्ना युद्धपोतबाट रकेट आक्रमण गरेको छ ।
रुसी रक्षा मन्त्री सर्गेई सोइगुका अनुसार चार युद्धपोतबाट ११ केन्द्र ध्वस्त गर्न २६ मिसाइल प्रहार गरिएको हो । १५ सय मिलोमिटर टाढाका केन्द्रमा सेनाले गरेको आक्रमणको राष्ट्रपति भ्लादिमीर पुटिनले प्रशंसा गरेका छन् । पश्चिमा मुलुकले रुसी आक्रमण आइएस केन्द्रमा भन्दा सिरियाली राष्ट्रपतिका विरोधीहरु रहने गैर लडाकू क्षेत्रमा गरिएको भन्दै आलोचना गरेका छन् भने रुसले यस आरोप अस्विकार गर्दै आएको छ । – एजेन्सी

प्रतिक्रियाहरु