आइएसद्वारा न्यूयोर्कलाई निशाना बनाउने चेतावनी

२०७२ मंसिर ४ गते, शुक्रबार

काठमाडौ, ४ मंसिर । अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘आइएस’ ले अब अमेरिकाको न्यूयोर्क सहरलाई निशाना बनाउने चेतावनी दिएको छ । पेरिस आक्रमणमा संलग्न आइएसले एक भिडियो जारी गर्दै न्यूयोर्कलाई निशाना बनाउने चेतावनी दिएको हो ।
समाचार एजेन्सीहरुका अनुसार आइएसले न्यूयोर्कको टाइम्स स्क्वायरलाई ध्वस्त बनाउने चेतावनी दिएको छ । भिडियोमा एक आत्मघाती हमलाकारीले विस्फोटक पदार्थ भरिएको ज्याकेट लगाएको देखिन्छ । पाँच मिनेटभन्दा लामो भिडियोमा पेरिस हमलाको बर्बर दृष्यसमेत देखाइएको छ । न्यूयोर्क प्रहरीले भिडियोबारे आफूलाई जानकारी भएको जनाएको छ । न्यूयोर्कमा सुरक्षा व्यवस्था कडा तुल्याइएको पनि प्रहरीले जनाएको छ । – एजेन्सी

प्रतिक्रियाहरु