अल्का अस्पतालको लापरबाहीले गर्भवतीको मृत्यु

२०७२ आश्विन २१ गते, बिहीबार

काठमाडौं, २१ असोज । अल्का अस्पतालको लापरबाहीले सप्तरीको औरही गाविस-१ घर भइ ललितपुरको महालक्ष्मीस्थानमा बस्दै आएकी २८ वर्षीया बिना यादवको उपचारका क्रममा मृत्यु भएको छ । तीन महिनाकी गर्भवती बिना अत्यधिक रक्तश्राव र बान्ता भएको भन्दै तीन हप्ता अघि उपचारका लागि अल्का अस्पताल पुगेकी थिइन् । उनलाई चिकित्सकहरुले त्यहिँ भर्ना गरेर उपचार गर्दै आएका थिए । यादवको आज विहान मृत्यु भएपछि परिवारले चिकित्सकको लापर्बाहीले मृत्यु भएको आरोप लगाएका हुन् । बच्चाको पेटमै मृृत्यु भएपछि त्यसैको इन्फेक्सनको कारण आमाको पनि मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालमा भर्ना हुँदा स्वस्थ रहेको भनिएको बच्चाको मृत्यु भइ इन्फेक्सन हुँदासमेत चिकित्सकले थाहा नपाउनु गम्भीर त्रुटी भएको बीनाका श्रीमान किशोर यादवले बताए । अस्पतालका चिकित्सकहरु पनि बच्चाको के कारणले मृत्यु भएको भन्नेमा अचम्मित भएका छन् । ‘पेटमा रहेको बच्चा तीन महिनामा कहिल्यै पनि मर्दैन’, उनको उपचारमा संलग्न चिकित्सक डा. नुतन शर्माले भनिन्, ‘परिवारमा बारम्बार तनाव हुने गरेको कारण अरु कुनै औषधि सेवन गरेका कारण बच्चाको मृत्यु भएको हुन सक्छ ।’
पेटमै बच्चाको मृत्यु भएपछि त्यसको इन्फेक्सनकै कारण आमाको मृत्यु भएको डा. नुतनले बताइन् । पाँच वर्ष अघि पनि आफैले बीनाको उपचार गरेको डा. नुतनले बताइन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु