अलपत्र परेका पर्यटकको उद्धार

२०७१ फाल्गुन २० गते, बुधबार

काठमाडौं, २० फागुन । लोमान्थाङमा अलपत्र परेका सात पर्यटकको मङ्गलबार दिउँसो उद्धार गरिएको छ । हेलिकप्टरमार्फत तीन विदेशी र चार नेपालीसहित सातजनाको उद्धार गरिएको हो । उनीहरुलाई उद्धारपछि सिधै काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
उद्धार गरिएका विदेशीमा दुई जर्मनी र एक इटालियन नागरिक रहेको प्रहरी नायब उपरीक्षक गोविन्द पाठकले जानकारी दिए । “उनीहरुको पहिचान भने हुन सकेन, उनीहरु एक हप्ताअघि कागबेनीबाट लोमान्थाङ छिरेका थिए, प्रनाउ पाठकले भने , “भ्रमण सकेर फर्कने क्रममा हिउँ परेपछि उनीहरु अलपत्र भएका थिए ।”
ती पर्यटकलाई दुई वटा हेलिकप्टरबाट उद्धार गरिएको बताइएको छ । मौसम सुरु नहुँदै ती पर्यटक लोमान्थाङ जाँदा समस्या उत्पन्न भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङका प्रमुख विदुर कुइँकेलले जानकारी दिए । “उनीहरु एकदमै जोखिम मोलेर गएका थिए, अहिले उद्धार भएपछि राम्रो भयो, उनले भने । भारी हिमपातमा परी मुस्ताङमा दुई जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रियाहरु