अब शनिवार पनि ओपिडी सेवा

२०७१ आश्विन १३ गते, सोमबार


काठमाडौं। सरकारले सबै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा अनिवार्य रुपमा शनिवार पनि बहिरंग सेवा (ओपिडी) सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ । ओपिडी सेवालाई विस्तार गर्दै एक वर्षमा बढीमा १० दिनमात्र ओपिडी सेवा बन्द गर्न सक्ने व्यवस्था गरेको स्वास्थ्य मन्त्री खगराज अधिकारीले जानकारी दिए । असोज १० गतेको मन्त्रीस्तरीय निर्णयले यस्तो व्यवस्था गरेको हो । सो निर्णयअनुसार लामो विदा परेमा अस्पतालहरुले लगातार २ दिनभन्दा बढी ओपिडी सेवा बन्द गर्न पाउने छैनन् । यस्तै चाडपर्वका बेलामा बढी भन्दा बढी सेवा प्रदान गर्न अस्पतालहरुले व्यवस्था मिलाउनु पर्ने छ ।
यसअघि कुनै पनि सरकारी विदा र शनिवारका दिन ओपिडी सेवा बन्द हुन्थ्यो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु