अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु हुँदै

२०७१ कार्तिक २९ गते, शनिबार


काठमाडौँ । आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु हुँदैछ ।शाक्यमुनि सिद्धार्थ गौतम जन्मस्थल लुम्बिनीमा आज बिहान राष्ट्रपति डा. रामवरण यादवलेसम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ । बौद्ध संस्कृति र सम्पदाको सम्वद्र्धन, सुरक्षा र संरक्षण विषयको चारदिने सम्मेलनको क्रममा शुक्रबार बेलुका मायादेवी मन्दिर परिसरमा प्रार्थना र दीप प्रज्वलन गरिएको छ ।
नेपालको थेरवाद बुद्धिस्ट एकेडेमी र म्यानमाको सितगु इन्टरनेसनल बुद्धिष्ट एकेडेमीको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको प्रचार संयोजक नवीन चित्रकारले जानकारी दिए ।तीस देशका ४०० भन्दा बढी बौद्ध भिक्षु तथा विद्वान्को सहभागिता रहने सम्मेलनमा स्वदेशी ४६ तथा विदेशी ४८ बौद्ध भिक्षु तथा विद्वान्ले ९४कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।

प्रतिक्रियाहरु