अनेरास्ववियुको महाधिवेशन असोजमा

२०७२ असार १५ गते, मंगलवार

काठमाडौं, १५ असार । अनेरास्ववियुको २२ औं महाधिवेशन आगामी असोज महिनामा गर्ने निर्णय भएको छ । एमाले निकट विद्यार्थी संगठन अखिलको स्थायी कमिटी बैठकले असोज महिनाभित्रै महाधिवेशन गरिसक्ने निर्णय लिएको महासचिव नविना लामाले बताइन् । महाधिवेशनको मिति र स्थान भने राष्ट्रिय भेलापछि तय हुनेछ । राष्ट्रिय कार्यकर्ता भेला साउन २९ र ३० मा काठमाडौंमा आयोजना हुने अखिल प्रचार बिभाग प्रमुख अशेष घिमिरेले बताए । स्थायी कमिटीले त्यसअघिनै विवादित कमिटीहरुको टुंगो लगाउन सम्बद्ध कमिटीहरुलाई निर्देशन दिएको छ । साउन २५ गते भित्र विवादित र समानान्तर कमिटीहरुको विवाद टुंगो नलागे ती कमिटीले भेलामा सहभागी हुन नपाउने महासचिव लामाले बताइन् ।
त्यस्तै समयभित्रै भेला र सम्मेलन नगर्ने तथा निष्त्रिmय भएका कमिटीहरुले पनि सम्मेलन र महाधिवेशनमा भाग लिन पाउने छैनन् । अखिल अध्यक्ष किशोर विक्रम मल्लको अध्यक्षतामा बसेको बैठकले अवधि पुगेका कमिटीको गठन पुनर्गठन तथा सम्मेलन गरिसक्नुपर्ने निर्णय लिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु