अनसनरत डा.केसीको स्वास्थ्य अवस्था नाजुक

२०७४ श्रावण ३१ गते, मंगलवार

काठमाडौं, ३१ साउन । डा.गोविन्द केसीको स्वास्थ्यअवस्था अन्त्यन्तै नाजुक भएको छ । २३ दिनदेखि आमरण अनसनमा बसेका केसीलाई आइसीयुमा उपचार गराउन चिकित्सकहरुले सुझाव दिए पनि उनले नमान्दा ज्यान नै जोखिममा परेको बताएको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै २३ दिनदेखि आमरण अनसन बसेका डा.केसीको छातीको दुखाइ बढेपछि आईसीयुमा लैजाने तयारी चिकित्सकहरुले गरेका थिए । उनलाई स्वास प्रश्वासमा समेत समस्या हुन थालेको, शरीरमा चिनीको मात्रा, इलेक्ट्रोलाइट र रगतमा सेतो रक्त कोषको संख्यासमेत सामान्य स्तरभन्दा निकै तल झरेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । डा.केसीले चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनमा बसेको यो ११ पटक हो ।
यसअघि १० पटक गरी १ सय ४० दिन अनसन बसिसकेका डा.केसीको ११ औं अनसन अहिलेसम्मकै लामो भएको छ । उनको १० औं अनसन २२ औं दिनमा तोडिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु