अध्यापन अनुमतिपत्र परीक्षा असोज ९ देखि

२०७६ श्रावण २४ गते, शुक्रबार

काठमाडाैं , २४ साउन । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षा असोज ९ देखि सुरु हुने बताएको छ । आयोगका अनुसार प्राथमिक तहको असोज ९ गते, निम्न माध्यमिक तहको परीक्षा असोज ११ गते र माध्यमिक तहको असोज १० गते हुने भएको छ । प्रवेश पत्र शिक्षक सेवा आयोगको वेबसाइटबाट प्रिन्ट गर्न सकिने जनाइएको छ । परीक्षा केन्द्र पछि सार्वजनिक गरिने आयोगले स्पष्ट पारेको छ ।
आयोगले माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न ५ किसिमको शिक्षक लाइसेन्सका लागि विज्ञापन गरेको थियो । आयोगका अनुसार २ लाख ५० हजार बढीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका छन् । जसमा सबैभन्दा बढी निमावि तहको नेपाली विषयका लागि ५० हजार बढी आवेदन परेको छ । यस्तै कानून, इञ्जिनियरिङलगायतका प्राविधिक विषयमा सबैभन्दा कम आवेदन परेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु