अखिल क्रान्तिकारीले ३ महिने कम्युनिष्ट बिद्यार्थी अभियान संचालन गर्ने

२०७५ कार्तिक २९ गते, बिहीबार

काठमाडौँ, २९ कात्तिक । अखिल (क्रान्तिकारी)ले देशभर ३ महिने कम्युनिष्ट बिद्यार्थी अभियान संचालन गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को हालै सम्पन्न तेस्रो पूर्ण बैठकले सो निर्णय गरेको हो । सो अभियान आगामी मङ्सिर १७ गते वाट सुरु हुने बताइएको छ । काठमाडौंमा तीन दिन सम्म चलेको केन्द्रिय समितिको पूर्ण बैठकले संघर्षका कार्यक्रम सहित बिभिन्न महत्वपूर्ण निर्णय समेत गरेको बताइएको छ । बैठकले सीमा अतिक्रमण र ज्यादतीको विरोधमा संघर्ष चर्काउने निर्णय समेत गरेको छ । भारतीय पक्षबाट गरिएको सीमा अतिक्रमणको बिरोधमा बिरगन्ज, झापा, सुनसरी, कञ्चनपुर, कैलाली लगायतका भारतसँग सिमा जोडिएका देशभरका सिमा क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेका संगठनका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बि.क.ले जानकारी दिए । भारतीय हस्तक्षेप र सीमा अतिक्रमणको विरुद्ध नेकपानिकट अखिल (क्रान्तिकारी)ले लामो समयदेखि आन्दोलन गर्दै आएको छ । भारतिय साम्राज्यवाद द्वारा सिमा मिचिएको र अनावश्यक हस्तक्षेप गरिरहेको भन्दै संगठनले सिमा मिचिएका स्थानहरु स्थलगत अनुगमन पनि गरेको छ ।
यस्तै बैठकले बिद्यार्थीको हक, अधिकारको पक्षमा संघर्ष गर्ने र देशव्यापि रुपमा संगठन विस्तार अभियान चलाउने पनि निर्णय गरेको छ । जसअन्तरगत बैठकले तीन महिने कम्युनिष्ट विद्यार्थी अभियान सन्चालन गर्ने भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु