अखिल ( क्रान्तिकारी)द्वारा अनलाइन क्लासका नाममा मनपरी शुल्क नअसुल्न ध्यानाकर्षण पत्र पेश

२०७७ असार २३ गते, मंगलवार

काठमाडौँ , २३ असार । नेकपा निकट अखिल ( क्रान्तिकारी) मेचि-कोशी अन्तरगतका झापा, मोरङ , सुनसरी जिल्लाले अनलाइन क्लासका नाममा अभिभावकसंग निजी शिक्षण संस्थाहरुले मनपरी शुल्क असुलेको भन्दै शिक्षा विकास तथा समन्वय इकाई , प्याब्सन र एनप्याब्सनलाई यस किसिमको गलत कार्य तत्काल रोक्न ध्यानाकर्षण पत्र बुझाएको छ । कोरोना महामारीका बेला अव्यवस्थित पठन-पाठन गरी लकडाउनको समयमा पनि शूल्क असूलीको धन्दा अघि सारेर विद्यार्थी तथा अभिभावक माथि मानसिक एवं आर्थिक शोषण गर्न लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा अघि भनिएको छ – यस्तो महाविपत्तिका बेला कुम्ल्याउन पल्केका भ्रष्ट शिक्षण संस्थाहरुको नीच र निन्दनीय हर्कतको संगठन घोर भर्त्सना गर्दछ । साथै यस किसिमको गैर जिम्मेवारीपूर्ण कार्यलाई तत्काल रोक्न सरोकार पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छ। अन्त्यमा यस्ता कार्यहरु वन्द नगरिएमा उत्पन्न हुने परि- स्थितिको जिम्मेवार स्वयं सरोकारवाला पक्ष हुनेछ भनिएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु