अखिल (क्रान्तिकारी)का कोषाध्यक्षसहिका नेता रिहा

२०७५ असार ८ गते, शुक्रबार

काठमाडौं, ७ असार । नेकपानिकट अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक र प्रकाश विक रिहा भएका छन् । उनीहरु बिहिबार दिउँसो काठमाडौं जिल्ला अदालतको आदेशमा रिहा भएका हुन् । उनीहरुलाई सरकारले सार्वजनिक मुद्दा लगाएर थुनामा राख्दै आएकोा थियो । बन्दी प्रत्यक्षीकरणको रिटमा आदेश दिँदै अदालतले तत्काल रिहा गर्न सरकारको नाममा आदेश दिएको थियो । कोषाध्यक्ष नरेन्द्र विक र प्रकाश विकलाई जेठ २८ गते संगठनको कामका सिलसिलामा बाटो हिँडिरहेको बेला प्रहरीले गिरफ्तार गरेको थियो । कोषाध्यक्ष नरेन्द्र विक र प्रकाश विकलाई बिनासर्त रिहाईको माग गर्दै असार ३ गते आन्दोलनरत प्रतिपक्षी आठ विद्यार्थी संगठनले असार ३ गते शैक्षिक हड्ताल समेत गरेको थियो । आफ्ना विद्यार्थी नेताहरुको झुठा आरोपमा गृह प्रशासनले गिरफ्तार गरेको भन्दै नेकपाले उनीहरु तुरुन्त रिहाईको माग गर्दै नगरे कडा संघर्षको चेतावनी दिएको थियो । रिहा भएका दुवै जना नेतालाई अखिल (क्रान्तिकारी)ले काठमाडौंको चुच्चेपाटीमा एक कार्यक्रम गरी सम्मान गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु