अक्सफोर्ड कलेजको गाडीमाथी आक्रमण

२०७३ बैशाख २० गते, सोमबार

काठमाडौँ, १९ वैशाख । शैक्षिक क्षेत्रमा अनावश्यक राजनीतिक गुण्डागर्दी गर्दै मनोमानी ढंगले अगाडी बढेको भन्दै अक्सफोर्ड कलेज गैडाँकोटको ना १ क ३८०६ नम्बरको गाडीमा हिजो राती आक्रमण भएको छ । जिल्लाको कावासोती नगरपालिका डण्डास्थित ड्राईभरको घर नजिकै रहेको गाडीमा राती १० बजे दुई नम्बर नखुलेको मोटरसाईकलमा आएका युवाहरुले रड प्रहार गरी गाडीको सिसाहरु फुटालेर आक्रमण गरेका थिए । आक्रमणपश्चात गाडीको अगाडी र दायाँपट्टीको सबै सिसाहरु फुटेका छन् । राती एक्कासी चर्काे आवाज आएपछि स्थानीयले हेर्दा गाडी फुटालेर दुई मोटरसाईकलमा केही युवाहरु दक्षिणपट्टी भागेको स्थानीयले बताए ।
घटनास्थलमा गाडी फुटाल्नको लागी प्रयोग गरिएको रड तथा नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले जिम्मा लिएको पर्चा भेटिएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । घटनाको जिम्मेवारी सबै मिडियाहरुमार्फत विप्लव निकट विद्यार्थी संगठनका जिल्ला संयोजक शिव डुम्रेले लिएका छन्, उनले घटनाको जिम्मेवारी लिदैं आफ्नो संगठनले कारबाही गरेको र कारबाहीलाई सामान्य कमजोरी सम्झिएमा अझ कडाँ खाले कारबाही गर्नेसमेत उद्दत गरे । पर्चामा सम्बन्धन नलिई विद्यार्थी भर्ना गर्ने र विद्यार्थीको भविष्यमाथी खेलवाड गरेको, विद्यालयको स्रोत तथा साधनमा न्युनतम सरकारी नियमसमेत उल्लघंन गरेको, भौतिक संरचना निर्माण गर्दा भूमिहिन र किसानलाई परेको समस्यालाई वेवास्ता गर्दै सुकुम्बासी टोललाई प्रशासन लगाएर डरधम्की देखाएको,संगठन र सम्बद्द विद्यार्थीलाई अभद्र र अमानवीय व्यवहार गरेको, राजनीतिक आड र भरोसामा गुण्डागर्दीबाट जबरजस्ती कानुनी प्रक्रियासमेत पुरा नगरी क्याम्पस सञ्चालन गर्दै आएको र बेलाबेलामा सचेत हुन आग्रह गर्दासमेत अटेरी गरेको, संगठनको मेचीकाली जागरण अभियानको क्रममा विद्यार्थीलाई राष्ट्रियता, स्वानिधताका विषयमा प्रशिक्षित गर्नसमेत रोक लगाएको, विविध समस्याहरुलाई पटकपटक छलफल र समन्वयबाट सुल्झाउन आग्रह गर्दासमेत वेवास्ता गरेको लगायतका विषयहरुमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै आगामी दिनमा अटेरी गरेर अगाडी बढेमा योभन्दा कडा कारबाही गरिने अखिल (क्रान्तिकारी)को पर्चामा उल्लेख छ ।
संगठनका संयोजक शिव डुम्रेले शैक्षिक शुल्क मनपरी उठाउने, न्युनतम मापदण्ड पुरा नगरी विद्यालय सञ्चालन गर्ने तथा विद्यार्थीको हक र हितमा समेत वेवास्ता गर्दै शिक्षा निर्देशिका २०७३ लाई वेवास्ता गर्ने केही विद्यालयहरुलाई सचेतपूवर्क आफ्ना कमिकमजोरीहरु सञ्च्याएर अगाडी बढ्न आग्रह गर्दै यसो नभएमा कारबाही अझ शसक्त ढ्रगले अगाडी बढाउने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु