स्वास्थ्य सामग्री लिन चार्टर्ड विमान चीन जादैं

काठमाडाैं, ५ जेठ । चीनको ग्वान्जाओबाट स्वास्थ्य समाग्री ल्याउन नेपाल एयरलान्सको वाइडवडी जहाज चीन जान लागेको छ । नेपाली सेनाले चीनबाट ल्याउने स्वास्थ्य सामग्री लिन आज चार्टर्ड विमान चीन जाने भएको हो । चीनबाट स्वास्थ्य समग्री लोड गरेर भोली बिहान जहाज नेपाल फर्किनेछ । वाइडबडी जहाजमार्फत १८ टन मेडिकल सामग्री ल्याइने र त्यसको सबै प्रक्रिया पूरा भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
यसअघि सेनाले ग्वान्जाओबाट १० वटा कन्टेनर मार्फत ९ टन स्वास्थ्य समग्री काठमाडौं ल्याइसकेको छ । ग्वान्जाओबाट १३ दिन लगाएर सेनाले शनिबारमात्रै स्वास्थ्य समाग्री काठमाडौं ल्याएको थियो । यसअघि २३ वैशाखमा चार्टर्ड जहाज पठाउने तयारी गरेको सेनाले स्वास्थ्य समग्रीको भन्सार प्रक्रिया ढिला हुँदा चार्टर्ड जहाज पठाउन सकेको थिएन । सेनाले खरिद गरेको मेडिकल सामाग्री ल्याउन ठेक्का फ्ल्यास फ्रेट लजिस्टिकले पाएको छ । सेनाले चिनियाँ कम्पनी सिनोफार्म इन्टरनेसनलसँग २ अर्ब २५ करोड रुपैयाँको स्वास्थ्य समाग्री खरिद गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>