युनिभर्सल मेडिकल कलेजमा तोडफोड

२०७५ श्रावण २० गते, आईतवार

काठमाडौं , २० साउन । महावीर शाहको उपचारका क्रममा मृत्यु भएपछि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा तोडफोड भएको छ । सोही कलेजमा अध्ययनरत विद्यार्थी र शाहको उपचारका क्रममा मृत्यु भएपछि कलेजमा तोडफोड भएको हो । उनी बीडीएस तहमा अध्ययनरत थिए । डाक्टरको लापरवाहीका कारण शाहको मृत्यु भएको आफन्तको आरोप छ । स्थिति नियन्त्रणका लागि अहिले प्रहरी परिचालन गरिएको छ । विद्यार्थीको प्रदर्शनले अस्पतालको आईसीयू कक्षमा समेत क्षति पुगेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु