प्रधानमन्त्रीमाथि भ्रष्टाचारको आरोप

काठमाडौं, ६ मंसिर । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि भ्रष्टाचारको आरोप लागेको छ । महान्यायाधिवक्ता अवीचै मन्डेपब्लिटले प्रधानमन्त्री नेतान्याहूले व्यापारीहरुसँग महंगा उपहार लिनुका साथै आफ्नो पक्षमा समर्थन जुटाउन सञ्चामाध्यमहरुमा बढी प्रचारबाजी गरेको आरोप लगाएका छन् । महान्यायाधिवक्ता मन्डेपब्लिटले तीन छुट्टाछुट्टै विषयमा प्रधानमन्त्री नेतान्याहूले चरम भ्रष्टाचार गरेको आरोप लगाएका हुन् । उता, आरोपको खण्डन गर्दै प्रधानमन्त्री नेतान्याहूले आफूमाथि कलंकित आरोप लगाउने प्रयास भएको बताए । उनले बामपन्थी विरोधीहरुले आधारहीन आरोप लगाएको दावीसमेत गरेको बीबीसीले जनाएको छ ।
प्रधानमन्त्री नेतान्याहूले आफूमाथि लगाइएको आरोप राजनीतिक प्रतिशोधका लागि भएकाले छानविन गरेर पुष्टि गर्न चुनौतीसमेत दिएका छन् । महान्यायाधीवक्ता मन्डेलब्लिटले इजरायलमा कानुनमाथि कोही नरहेकाले उक्त घटनाको पनि छानविन हुने बताए । उनले नेतान्याहूमाथिको आरोप प्रतिशोधका लागि नभएकोसमेत दावी गरे । गत अप्रिल र सेप्टेम्बरमा भएका निर्वाचनमा कुनै दलले स्पष्ट बुहमत ल्याउन नसकेपछि नयाँ सरकार गठन हुन सकेको छैन ।-एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>