पहिरोले १७ जनाको ज्यान लियो

काठमाडौं, पुस २७ । अमेरिकाको क्यालिफोर्नियामा बुधबार भारी वर्षापछि गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुगेको छ । पहिरोमा परेर एक दर्जनभन्दा बढी व्यक्ति बेपत्ता छन् ।
क्यालिफोर्नियाको दक्षिणी क्षेत्र मोन्टेसिटोमा गएको पहिरोमा परेर २८ जना घाइते भएका छन् । त्यहाँका १०० घर ध्वस्त भएका छन् । ३०० घरमा क्षति पुगेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । पहिरोबाट ठूलो मात्रामा लेदो माटो आएकाले प्रभावितहरुलाई उद्दार गर्नसमेत समस्या भएको उद्दारकर्मीहरुले बताएका छन् । – एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>