दहताल ओझेलमा

२०७५ जेष्ठ २९ गते, मंगलवार

काठमाडौं, २९ जेठ । म्याग्दीको मंगला गाउँपालिका वडा नं ४ बरङ्जाको दहताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । पोखराको फेवाताल जस्तै बनोट रहेको यो दहताल परिसरमा भौतिक पूर्वाधार निर्माण गरी प्रचार–प्रसार गर्न सके पर्यटक प्रवद्र्धनमा सहयोग पुग्ने स्थानीय बताउँछन् । वरिपरि छरिएर रहेको बस्ती, तालको छेवैबाट पर्यटकीय स्थल झाँक्रीपानीसम्म पुग्ने मोटरबाटो, हरियाली र मनमोहक प्रकृति, तालको पूर्वपट्टि रहेको शिव मन्दिर र तालको विचमा रहेको विशाल रुखसँगैको बराहा थान यहाँका मुख्य आकर्षण हुन् । यो ताल म्याग्दीको फेवातालको उपनामले समेत चिनिन्छ । धार्मिक महत्वसमेत रहेको यो ताल करिव ३ सय वर्गमिटर क्षेत्रमा फैलिएको छ ।
तालको बीचमा रहेको बराह बन्दिरको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको स्थानीय हिमलाल सापकोटाले जानकारी दिए । प्रत्येक वर्षको बालाचतुर्दशीका दिन यो तालमा भक्तजनको भीड लाग्ने गरेको छ । तालको संरक्षण गरी प्रचार गर्न गर्न स्थानीयले माग गरेका छन् ।

प्रतिक्रियाहरु