जोर्डनमा घरेलु कामदार पठाउने बाटो खुल्यो

२०७४ फाल्गुन २४ गते, बिहीबार

काठमाडौं, २४ फागुन । वैदेशिक रोजगार कार्यालयलाई जोर्डनमा ३ सय महिला घरेलु कामदार (हाउसमेड) पठाउन श्रम स्वीकृति प्रदान गर्ने बाटो खुलेको छ । संस्थागत रूपमा जोर्डनमा पहिलो पटक हाउसमेड पठाउने प्रक्रिया सुरु भएको हो ।
श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले दुई देशबीच श्रम सम्झौता भइसकेको भन्दै कार्यान्वयनका लागि वैदेशिक रोजगार कार्यालयलाई मंगलबार अनमुति दिएका हुन् । ‘जोर्डनमा ३ सय महिला पठाउन ३ म्यानपावर कम्पनीले मागपत्र पेस गरेका थिए । मन्त्रालयको अनुमति तथा निर्देशन नहुँदा रोकिएको थियो,’ वैदेशिक रोजगार कार्यालयका निमित्त प्रमुख प्रेमकुमार देसारले भने, ‘मन्त्रालयको अनुमति आइपुगेको छ । फाइल अध्ययन गरी श्रम स्वीकृतिको प्रक्रिया बढाउनेछौं ।’ – कान्तिपुर दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार