कलेजोको सफल प्रत्यारोपण !

२०७६ जेष्ठ १८ गते, शनिबार

काठमाडौं, १८ जेठ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण भएको छ । प्राध्यापक डाक्टर रमेशसिंह भण्डारीको नेतृत्वको टिमले सफल प्रत्यारोपण गरेको हो । ३३ वर्षीया छोरीको कलेजो ५८ वर्षीय बाबुमा प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । शुक्रबार बिहानदेखि सुरु भएको शल्यक्रिया शनिबार मध्य रातमा करिब १६ घण्टापछि सकिएको हो । भक्तपुरमा रहेको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा २ वर्षअघिदेखि कलेजो प्रत्यारोपणका लागि सुरु गरे पनि त्यसलाई निरन्तरता दिन नसक्दा त्रिवि अस्पतालले पहिलो पटक सफल प्रत्यारोपण गरेको हो । यसका लागि लगभग ५ वर्ष भन्दा अघिदेखि तयारी गरेको र विदेशमा समेत यसबारे धेरै अध्यन गरेको डाक्टर भण्डारीले बताए । अब विस्तारै कलेजो प्रत्यारोपण बढाउँदै लैजाने र केहीसमय पछि कुनै पनि बिरामीलाई भारत जानुपर्ने बाध्यता हटाउने लक्ष्य रहेको उनले बताए । यसअघि बिरामीहरुलाई कलेजो प्रत्यारोपणका लागि भारत वा अन्य देश जानुपर्ने अवस्था रहँदै आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु