कपिलवस्तु प्राबिधिक प्रतिस्ठानमा कालो ब्यानर

२०७६ जेष्ठ २२ गते, बुधबार

काठमाडौं, २२ जेठ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले कपिलवस्तु प्राविधिक प्रतिष्ठान पिपरामा कालाे ब्यानर
टाँगेको छ । उक्त संगठनले अाफ्नाे संगठन बिच भएको सहमति कार्यवन्यन गर्नुपर्ने,Ctevt अन्तर्गतकाे नियावलि पालना गरि कलेज संचालन गर्नुपर्ने,बिद्यार्थीहरु संग लिएको अनावश्यक रकम फिर्ता गर्नुपर्ने,बिद्यार्थीलाई दिएको मानसिक तथा शारीरिक यातना राेक्नुपर्ने र कलेजमा संचालन हुदै अाएकाे क्यान्टिनमा जङ्गफुड खाना निषेधित गर्दै सुधार गर्नुपर्ने भन्दै उक्त कालाे ब्यानर टाँगेको बताएको छ ।
अखिल(क्रान्तिकारी) कपिलवस्तु जिल्लाकाे अायाेजनामा संगठनकाे केन्द्रीय निति अन्तर्गत लुम्बिनी अंचल समितिकाे निर्देशनमा उक्त ब्यानर राखिएको संगठनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी क्षेत्रीय समन्वय समिति संयाेजक विरेन्द्र विकले जानकारी दिए । संगठनले राखेका माग पुरा नगरे कडा कार्वाहीका साथ संगठन संघर्षमा उत्रने चेतावनी पनि दिए । कपिलवस्तु प्राबिधिक प्रतिस्ठान पिपरा,कपिलवस्तुका डारेक्टर अरुण पाण्डेलाई सम्पर्क गर्न खाेज्दा सम्पर्कमा अाउन चाहेएन् । पाण्डे प्रदेश नम्बर ५ का Ctevt अध्यक्ष पनि हुन।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु