आज विश्व धूमपानरहित दिवस

२०७६ जेष्ठ १७ गते, शुक्रबार

काठमाडौं, १७ जेठ । आज विश्व धूमपानरहित दिवस ‘सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा ९० लाख व्यक्तिले सुर्तीजन्य पदार्थ प्रयोग गरेको तथ्यांक रहेको छ । विश्व स्वास्थ्य संगठनकाअनुसार हरेक ८ सेकेन्डमा एकजनाको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारणले हुने गरेको छ । १० जनामध्ये एकजनाको चुरोट सेवनका कारण अकालमा मृत्यु हुने गरेको छ । वार्षिक ७० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको तथ्यांक छ ।
स्वास्थ्य मन्त्रालयकाअनुसार नेपालमा वर्सेनि २७ हजार १३७ जनाको सुर्तीजन्य पदार्थ सेवनका कारण लाग्ने रोगबाट मृत्यु हुने गरेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको तथ्यांकअनुसार सुर्तीजन्य पदार्थको सेवनबाट हुने रोगमा फोक्सोको क्यान्सर पहिलो नम्बरमा देखापरेको छ । चिकित्सकहरुले फोक्सोको क्यान्सरका कारण १७ प्रतिशत पुरुष र १४ प्रतिशत महिलाको मृत्यु हुने गरेको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु