बन्धक बनाएका जापानी पत्रकारको हत्या

२०७१ माघ १८ गते, आईतवार

काठमाडौ १८ माघ । विद्रोही समूह ईस्लामिक स्टेट आईएस लडाकुले बन्धक बनाएका जापानी पत्रकारको हत्या गरेको भिडियो सार्वजनिक गरेको छ । आईएसले जापानी नागरिक ४७ वर्षिय केन्जी गोटोको हत्या गरेको भिडियो सार्वजनिक गरेको बिबिसीले जनाएको छ ।
स्वतन्त्र पत्रकार तथा चलचित्र निर्माता गोटो गएको अक्टूबर महिनामा द्वन्द्व प्रभावित देश सिरिया गएका थिए । उनको रिहाईका लागि आईएसले २० करोड डलर फिरौती रकम मागेको थियो । गोटोको हत्याको जापान, अमेरिका, बेलायत र फ्रान्सले निन्दा एवं भत्र्सना गरेका छन् ।
जापानी प्रधानमन्त्री सिन्जो अबेले आंतकवाद विरुद्ध अन्तर्राष्ट्रिय जगतसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन ।

प्रतिक्रियाहरु