रुसमा थप नाकावन्दी लगाउने अमेरिकाको चेतावनी

२०७१ माघ १५ गते, बिहीबार

काठमाडौं । अमेरिकाले रुसमा थप नाकावन्दी लगाउने चेतावनी दिएको छ । अमेरिकी अर्थमन्त्री ज्याक ल्यूले पृथकतावादी समुहलाई साथ दिएको भन्दै थप नाकावन्दी लगाउने चेतावनी दिएका हुन् ।युक्रेनमा सकृय रुस समर्थित अलगाववादी विद्रोहीलाई रुसले मद्दत गरिरहेको अमेरिकाको आरोप छ । अमेरिकाले रुसमा यसअघि पनि नाकावन्दी गर्दै आएको छ । यसबाट रुसको अर्थतन्त्र खस्किँदै गएको छ । यसअघि यूरोपीय संघले पनि रुसमा प्रतिबन्ध बढाउने चेतावनी दिएको थियो ।
अमेरिकी अर्थमन्त्री ल्यूले भनेका छन्, ‘पहिले हामी कुटनीतिक माध्यमबाट समस्याको समाधान गरी नाकावन्दी खुकुलो पार्ने कोशिस गर्छौं, आवश्यक परे नाकाबन्दी बढाउन पनि तयार छौं ।’अमेरिका र जर्मनी रुसलाई आर्थिक नाकावन्दीको पक्षमा छन् भने ग्रीसले त्यसको विरोध गर्दै आएको छ ।रुस समर्थित अलगाववादी विद्रोही समूहले युक्रेनको पूर्वी क्षेत्र दोनेत्सक र लुहांस्कमा गत बर्षको अप्रिल महिनामा कब्जा गरेको थियो । विद्रोही विरुद्धको लडाइमा हालसम्म ५ हजार जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रियाहरु