बिश्व

ओबामाले भारतीय नागरिकलाई सम्बोधन गर्ने

काठमाडौं, १३ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति बाराक ओबामाले मंगलबार भारतीय नागरिकलाई सम्बोधन गर्ने कार्यक्रम छ । भारतीय समय अनुसार बेलुकी आठ बजे अल इन्डिया रेडियोबाट दुवै जनाले सम्बोधन गर्ने तयारी भएको भारतीय संचारमाध्यमले जनाएका छन् । मंगलबार नै राष्ट्रपति ओबामाले नोबेल पुरस्कार बिजेता कैलाश सत्यार्थीसँग पनि भेट्ने कार्यक्रम छ । […]

२०७१ माघ १३ गते, मंगलवार

सैन्य बिमान दुर्घटनावाट १० जनाको ज्यान गयो

काठमाडौं, १२ माघ । स्पेनमा सैन्य बिमान दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । अरु १३ जना र्घाईते छन् जसमा ६ जनाको अवस्था चिन्ताजनक छ ।रक्षा मन्त्रालयका अनुसार लस ल्आनोसमा रहेको एक सैनिक अड्डामा भएको दुर्घटनामा ८ फ्रान्सेली नागरिकको ज्यान गएको छ । ग्रीक एफ १६ विमान अर्को विमानसँग ठोक्किएपछि दुर्घटना भएको अधिकारीलाई उदृत […]

२०७१ माघ १३ गते, मंगलवार

भारत गणतन्त्र दिवस मनाउँदै

काठमाडौ, १२ माघ । भारतले आज उच्च सतर्कताका साथ ६६ औं गणतन्त्र दिवस मनाइरहेको छ । सन् १९५० को जनवरी २६ मा संविधान जारी भएको दिनको सम्झनामा भारतले गणतन्त्र दिवस मनाउँदै आएको हो । दिवसकै अवसर पारेर भारत सरकारले नौ जनालाई पद्य पुरस्कार दिने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले प्रमुख अतिथिका रुपमा […]

२०७१ माघ १२ गते, सोमबार

ओबामाले चलाउने मोबाइल र कार

काठमाडौँ । अहिलेसम्मकै सबैभन्दा बढी प्रविध्रि्रेमी भनेर चिनिने अमेरिकी राष्ट्रपति बाराक ओबामाले कस्तो मोबाइल फोन बोक्छन् होला? उनले बोक्ने मोबाइल फोन कुन ब्राण्डको होला – यो जान्ने चाहना सबैको हुनु स्वभाविकै हो । विश्वको सबैभन्दा शक्तिशाली देशका सबैभन्दा विशिष्ठ मानिसले बोक्ने मोबाइल फोनको लुक्स मात्र होइन सुरक्षा फिचर्ससमेत लरतरो हुने कुरै भएन । उनको मोबाइल […]

२०७१ माघ १० गते, शनिबार

साउदीका राजाको निधन

काठमाडौं ९ माघ। साउदी अरेवियाका राजा अब्दुल्लाह बिन अब्दिलाजिजको निधन भएको छ । राजा अब्दुल्लाहको अस्पतालमा निधन भएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ । फोक्सोमा संक्रमण भएपछि केही हप्ताअघि अस्पताल भर्ना भएका ९० वर्षिय उहाँकोशुक्रबार विहान निधन भएको औपचारिक घोषणा गरिएको बिबिसीले जनाएको छ । सन् २००५ मा सत्तामा आएका अब्दुल्लाहको केही वर्ष अघिदेखि नै […]

२०७१ माघ ९ गते, शुक्रबार

चिनियाँ राष्ट्रपतिको तलब ६२ प्रतिशत बढ्यो

काठमाडौं । चीनका राष्ट्रपति सि चिनफिङसहित सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको पोलिट्ब्युरो स्थायी समितिका ६ जना विशिष्ट सदस्यको तलब ६२ प्रतिशत वृद्धि भएको छ । साथसाथै चीनका सरकारी कर्मचारीको पनि तलब वृद्धि भएको चिनियाँ सञ्चारमाध्यमले जानकारी दिएका छन् । सन् २००६ यता सरकारी कर्मचारीको तलब बढेको थिएन । राष्ट्रपति सि को बेसिक मासिक तलब ७ हजार […]

२०७१ माघ ७ गते, बुधबार

भारतीय केन्द्रीय मन्त्रीलाई एक वर्ष जेल सजाय

काठमाडौं । भारतीय केन्द्रीय मन्त्री मुख्तर अब्बास नकबीलाई त्यहाँस्थित एक अदालतले एक वर्ष जेल सजाय सुनाएको छ । भारतीय जनता पार्टीका उपाध्यक्षसमेत रहेका अल्पसंख्यक मामिलाका केन्द्रीय मन्त्री नकबीसहति १४ जनालाई सन् २००९ मा चुनावका क्रममा आचारसंहिता उलंघन गरेको ठहर गर्दै सो सजाय सुनाएको हो टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा उल्लेख छ । रामपुर अदालतले नकबीसहित […]

२०७१ माघ १ गते, बिहीबार

विषाक्त रक्सी खादा १४ जनाको ज्यान गयो

काठमाडौं । भारतको उत्तरप्रदेशमा विषाक्त रक्सी सेवन गर्दा १४ जनाको ज्यान गएको छ । एकसय भन्दा धेरै विरामी भएका छन् । लखनउको छिमेकी जिल्ला उन्नावमा विषाक्त रक्सी खाँदा यस्तो घटना भएको हो । भारतीय सञ्चार माध्यमका अनुसार ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अुमान गरिएको छ । विषाक्त रक्सीको कारोबार भैरहँदा पनि लापरबाही गरेको भन्दै त्यहाँको […]

२०७१ पुष २९ गते, मंगलवार

क्रोयशियामा महिला राष्ट्रपति चयन

काठमाडौ । क्रोयशियामा पहिलो पटक महिला राष्ट्रपति बनेकी छिन् । राष्ट्रपति चुनावमा कडा प्रतिस्पर्धाबीच विपक्षी कोलिन्दा ग्र्याबर किटारोभिक पहिलो राष्ट्रपति बन्न सफल हुनु भएको हो । पूर्व विदेश मन्त्री कोलिन्दाले ५० प्रतिशत भन्दा बढी मत पाउनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी ईवो जोसीपोभिकले ४९ दशमलब ५ प्रतिशत मतपाउनु भएको बिबिसीले जनाएको छ । ६ वर्षदेखि […]

२०७१ पुष २८ गते, सोमबार

पाकिस्तानमा चालकरहित विमानवाट आक्रमण

काठमाडौ । पाकिस्तानको सघँै अशान्त भइरहने उत्तर वाजिरिस्तानको आदिवासी इलाकामा आइतबार तालिवानी विद्रोही समूहलाई लक्षित गरी एक अमेरिकी चालकरहित विमान (ड्रोन) आक्रमणमा कम्तीमा ६ विद्रोहीको मृत्यु भएको छ । अफगानिस्तानको सीमानजिकै सो आक्रमण गरिएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । सो ड्रोन आक्रमण तालिवानीका सेनापति हाफिज गुलबहादुर र साथैसाथ उत्तरी वाजिरिस्तानस्थित रहेको एक उज्बेक कमाण्डरको […]

२०७१ पुष २१ गते, सोमबार