सुडानको द्वन्द्व अन्त्य गर्न सरकारी र विद्रोही प्रतिबद्ध

२०७१ माघ १९ गते, सोमबार

काठमाडौ, १९ माघ । दक्षिण सुडानको द्वन्द्व अन्त्य गर्न त्यहाँको सरकारी र विद्रोहीले प्रतिबद्धता जनाएका छन् । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर र विद्रोही नेता रियक मचारले देशमा भैरहेको द्वन्द्व अन्त्य गर्न प्रतिबद्धता जनाएका हुन् ।
राष्ट्रपति साल्भा किर र विद्रोही नेता रियक मचारले द्वन्द्व अन्त्य गर्न शान्ति सम्झैतामा हस्ताक्षर गरेका बिबिसीले जनाएको छ । लामो समयदेखिको सँघर्षका कारण देश अस्थिरता र दुर्घटनातर्फ उन्मूख भएको भन्दै लडाईँ अन्त्य गर्न सरकार र विद्रोहीबीच सम्झौता भएको हो ।
सँघर्ष अन्त्यका लागि हस्ताक्षर भए पनि भावी सरकार, विवादास्पद मुद्दा र शक्ति बाडफाँडका विषयमा भने छलफलले भने निरन्तरता पाउने विविसीले जनाएको छ । दक्षिण सुडानमा सन् २०१३ डिसेम्बरदेखि सुरु भएको सँघर्षका कारण १५ लाख मानिस विस्थापित भएका छन् ।
यस अघि पनि सरकार र विद्रोहीबीच शान्ति सम्झौता भए पनि पालना भएको थिएन ।

प्रतिक्रियाहरु