पर्यटन

पटिहानीमा पर्यटन मेला हुने

काठमाडौँ । चितवनको पर्यटकीय नगरी पटिहानीमा नयाँ बर्ष २०७२ को अवसर पारेर यहि २०७१ चैत्र ३० गतेदेखि २०७२ बैशाख २ गतेसम्म “कमलपोखरी फुड फेस्टिबल तथा पर्यटन मेला २०७१/०७२ हुने भएको छ ।पटिहानी बजार ब्यबस्थापन समिति ,पकडी- धनौजी बजार ब्यबस्थापन समिति र थारु कल्याणकारी सभा क्षेत्र नम्बर ५ धनौजीको संयुक्त आयोजनामा ३ दिन सम्म सन्चालन हुने […]

२०७१ फाल्गुन २० गते, बुधबार

अलपत्र परेका पर्यटकको उद्धार

काठमाडौं, २० फागुन । लोमान्थाङमा अलपत्र परेका सात पर्यटकको मङ्गलबार दिउँसो उद्धार गरिएको छ । हेलिकप्टरमार्फत तीन विदेशी र चार नेपालीसहित सातजनाको उद्धार गरिएको हो । उनीहरुलाई उद्धारपछि सिधै काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । उद्धार गरिएका विदेशीमा दुई जर्मनी र एक इटालियन नागरिक रहेको प्रहरी नायब उपरीक्षक गोविन्द पाठकले जानकारी दिए […]

२०७१ फाल्गुन २० गते, बुधबार

तिलौराकोट बुद्धकालीन राजधानी

काठमाडौँ, १७ फागुन। गौतम बुद्धका पिता सुद्धोदनको राजप्रसाद तिलौराकोट नै बुद्धकालीन राजधानी भएको सत्यताको नजिक पुगेको पुरातत्वविदहरुले बताएका छन् ।तिलौराकोटमा यस बर्षको उत्खनन सम्पन्न भएपछि आयोजित कार्यक्रममा उनीहरुले तिलौराकोटको राम्रो प्राचीनता दर्शाउने अवस्थामा पुगेको स्पष्ट पारेका छन् । जापानिज फण्ड ईन ट्रस्टको सहयोगमा युनेस्को, बेलायतको दुर्हम विश्व विद्यालय र पुरातत्व विभागको संयुक्त टोलीले तीन बर्षे […]

२०७१ फाल्गुन १७ गते, आईतवार

होमस्टेमा पर्यटक नआएपछि स्थानीय चिन्तित

काठमाडौ, १३ फागुन । म्याग्दीको कुहुँ गाविस पूर्णगाउँमा ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले करिब दुई वर्ष अगाडि होमस्टे (घरबास) सञ्चालन गरिए पनि उद्घाटन कार्यक्रमबाहेक एक जना पनि पर्यटक बास बस्न गएका छैनन् । विभिन्न सङ्घसंस्थाको पहल तथा स्थानीयको लगानीमा आवश्यक पूर्वाधार बनाइएपनि प्रचारप्रसार र सम्बन्धित निकायले चासो नदेखाएपछि समस्या भएको हो ।म्याग्दीको पर्यटकीयस्थलको भ्रमण गर्ने […]

२०७१ फाल्गुन १३ गते, बुधबार

मनकामनामा प्लास्टिकको झोला निषेध

काठमाडौँ ।प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल गोरखाको मनकामना मन्दिरमा प्लास्टिकको झोला प्रयोग गर्न निषेध गरिएको छ । भक्तजनले फूल, अक्षता ल्याउँदा प्लास्टिक बढी प्रयोग गर्दा वातावरण प्रदूषितका साथै मन्दिरवरपर फोहोर बढेको भन्दै मनकामना गाविसले प्लास्टिक निषेध अभियान थालेको जनाएको छ । गाविससचिव नारायण सापकोटाका अनुसार मन्दिर क्षेत्रलाई पूर्ण वातावरणमैत्री बनाउन र स्वच्छ, सफा तथा सुन्दर बनाउन […]

२०७१ फाल्गुन १२ गते, मंगलवार

नेवानि दिल्ली उडान सुरु गर्दै

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल बायु सेवा निगमले यही फागुन १३ गतेदेखि नयाँ एयरबसबाट दिल्लीमा नियमित उडान सुरु गर्दै छ । गतमाघ ८ गते धुमधामसँग भित्राइएको एयरबस ‘ए३२०–२००’ जहाजको दिल्ली व्यवसायिक उडान गर्न लागेको हो । नेपाली यात्रुलाई ७ हजार ८४ रूपैयाँमा भारतको राजधानी नयाँदिल्ली उडाउने भएको छ । यो करसहित एकतर्फी प्रवद्र्धनात्मक भाडा दर […]

२०७१ फाल्गुन ९ गते, शनिबार

सगरमाथा आरोहणको रुट परिवर्तन हुने

काठमाडौं । हिमपहिरोको जोखिमका कारण सर्वोच्च शिखर सगरमाथाको रुट परिवर्तन हुने भएको छ । गत बर्ष १६ जना शेर्पा भरियाहरुको हिमपहिरोमा मृत्यु भएपछि अर्को महिनाबाट नयाँ रुट लागु गर्ने तयारी गरेको हो । विगत २५ बर्षदेखि लागु हुँदै आएको रुटको परिवर्तनबाट हिमपहिरोको जोखिम कम हुने विश्वास लिइएको छ । आरोहीहरुले अब सुरक्षित मार्ग केन्द्रिय मार्गको […]

२०७१ फाल्गुन ७ गते, बिहीबार

मिथिलाञ्चलको मध्यपरिक्रमा सुरु हुदै

काठमाडौँ, ६ फागुन । धार्मिक तथा ऐतिहासिक महत्वको १५ दिने मिथिलाञ्चलको मध्यपरिक्रमा आजबाट सुरु भएको छ । धनुषा कचुरी गाउँको मिथिल बिहारी मठबाट राम जानकीको डोला सहित जनकपुरधामको रत्नसागर मठ हुँदै बिभिन्न स्थान परिक्रमा गरी जानकी मन्दिरमा ल्याइन्छ । जानकीको डोला र जनकपुरका अन्य मठ मन्दिरबाट ल्याइएका डोलासमेत समावेश गरी परिक्रमा यात्रा सुरु हुने गर्छ […]

२०७१ फाल्गुन ६ गते, बुधबार

सातसय वर्ष पुरानो गुम्बा जलेर नष्ट

काठमाडौँ, ५ फागुन । उत्तरी गोरखाको सामागाउँ गाविस–६ मा रहेको सात सय वर्ष पुरानो लाप्राङ गुम्बा जलेर नष्ट भएको छ ।गुम्बाभित्र बालेको टुकी ढलेपछि सल्केको आगोले गुम्बा जलेर खरानी भएको स्थानीय बासिन्दा मिङमार छिरिङ लामाले जानकारी दिए ।गएराति करिब ११ बजेतिर गुम्बामा आगो लागेको थियो । स्थानीय बासिन्दाले आज बिहान ३ बजेतिरमात्रै गुम्बा जलेको थाहा […]

२०७१ फाल्गुन ५ गते, मंगलवार

मनकामना मन्दिरको जिर्णाेद्धार हुदै

काठमाडौं ।गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको जिर्णोद्धार फागुन मसान्त भित्रमा शुरु गरिने भएको छ । फागुन १५ गते जिर्णाेद्धारका लागि मन्दिरमा क्षमा पुजा गरेर जिर्णाेद्धार कार्य शुरु गर्ने मनकामना मन्दिर जिर्णाेद्धार समितिले जनाएको छ । मन्दिर ६ इन्च दक्षिण पश्चिम दिशातर्फ ढल्किएपछि जगदेखि नै खनेर मन्दिर पूर्ण रुपमा जिर्णोद्धार गर्न लागिएको हो । जिर्णाेद्धारका लागि […]

२०७१ फाल्गुन ४ गते, सोमबार