मनकामना मन्दिरको जिर्णाेद्धार हुदै

२०७१ फाल्गुन ४ गते, सोमबार

काठमाडौं ।गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको जिर्णोद्धार फागुन मसान्त भित्रमा शुरु गरिने भएको छ । फागुन १५ गते जिर्णाेद्धारका लागि मन्दिरमा क्षमा पुजा गरेर जिर्णाेद्धार कार्य शुरु गर्ने मनकामना मन्दिर जिर्णाेद्धार समितिले जनाएको छ । मन्दिर ६ इन्च दक्षिण पश्चिम दिशातर्फ ढल्किएपछि जगदेखि नै खनेर मन्दिर पूर्ण रुपमा जिर्णोद्धार गर्न लागिएको हो । जिर्णाेद्धारका लागि आवश्यक पर्ने काठ, इट्टा, ढुङ्गा, चुना, सुर्की लगायतका सामानहरु संकलन भइसकेकाले क्षमा पुजा गरेसँगै तान्त्रिक र बैधिक बिधि अनुसार पुजा गरेर मन्दिरको गजुर निकालेर काम शुरु गरिनेछ ।
गजुर लगायतका बहुमुल्य बस्तुको भण्डारणका लागि भने जिल्ला सुरक्षा समितिलाई निर्णय गर्न जिम्मा दिइएको छ ।
सरकारले जिर्णाेद्धारका लागि चाहिने सुन किन्नका लागि करिब ४ करोड रुपैयाँ दिईसकेको छ भनेसमितिले भक्तजनहरुबाट पनि पाँच करोड भन्दा बढि रकम संकलन गरिसकेका छन् ।
अहिले सम्म मन्दिरका लागि चाहिने ९० प्रतिशत काठको काम सकिएको समितिले जनाएको छ । दैनिक आउने हजारौँ भक्तजनलाई पुजा नियमित गराउन पनि समितिले छुट्टै योजना बनाउने व्यवस्था गरेको छ । मन्दिर निर्माणको क्रममा भत्काईएका अन्य कलात्मक बस्तुहरु मनकामना मै संग्राहालयको रुपमा राख्नुपर्नेमा स्थानियहरुले जोड दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु