पर्यटन

बुंगमति महोसत्व समापन हुदै

काठमाडौ, ९ बैशाख । रातो मच्छिन्द्रनाथको १२ वर्षे मेलाको अवसरमा भएको बुंगमति महोसत्व आज सकिंदैछ । प्राचिन सम्पदा, परम्परा, संस्कृति, बाजा लगायतलाई उजागर गर्ने उद्देश्यले ललितपुर उद्योग वाणिज्य संघ, बुंगमति महोत्सव मूल आयोजक समिति र कार्यविनायक नगरपालिकाको संयुक्त आयोजनामा महोत्सव भएको हो । महोसत्व अहिलेसम्ममा ५ लाख दर्शकले अवलोकन गरेको महोत्सव मूल आयोजक समितिका संयोजक […]

२०७२ बैशाख ९ गते, बुधबार

भक्तपुरमा शिव पार्वती विवाह महोत्सव

काठमाडौ, ६ वैशाख । भक्तपुरमा शिव पार्वतीको विवाह भएको अक्षय तृतियाका दिन भव्य रुपमा शिव पार्वती विवाह महोत्सव हुने भएको छ । केदारनाथको शीर डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले आउँदो मंगलबार अक्षय तृतियाका दिन भव्य रुपमा जन्ती सहितको शिव पार्वती विवाह महोत्सव गर्ने भएको हो । महोत्सवमा डोलेश्वर मन्दिरबाट बाजागाजा सहित जन्ती लिएर भक्तपुर नगरपालिकाको […]

२०७२ बैशाख ६ गते, आईतवार

केरुङ घुम्न जाने पर्यटकको सङ्ख्या बढ्दै

काठमाडौं, ५ बैशाख । राजधानीबाट रसुवागढीसम्म आवतजावत गर्न यातायातको सहजता भएपछि केरुङ जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।अध्यागमन कार्यालयका अनुसार रसुवागढी नाकाबाट दैनिक सरदर ३० जना आन्तरिक पर्यटक केरुङ घुम्न जाने गरेका छन् । नेपाल–चीन सीमादेखि २५ किलोमिटर परको केरुङ बजार घुम्नका लागि नेपालीहरु नागरिकता साथमा लिई जाने गरेका छन् ।“आन्तरिक पर्यटकलाई एकदिने […]

२०७२ बैशाख ५ गते, शनिबार

भक्ति थापालाई विभूति घोषणा गर्न माग

काठमाडौं, ५ बैशाख । वीर भक्ति थापा राष्ट्रिय एकता अध्ययन केन्द्रले थापालाई राष्ट्रिय विभूति घोषित गर्नुपर्ने माग गरेको छ । देउथल युद्ध र वीर भक्ति थापाको २००औँ स्मृति दिवसको अवसरमा केन्द्रद्वारा शुक्रबार आयोजित कार्यक्रममा सहभागीले नेपालको एकीकरणमा महत्वपूर्ण योगदान पु¥याएका वीर भक्ति थापालाई राज्यले समेट्न नसकेको भन्दै उनलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने धारणा राखेका थिए […]

२०७२ बैशाख ५ गते, शनिबार

शुक्लाफाँटामा गैंडा गणना सुरु

काठमाडौं, ४ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा आजदेखि गैंडा गणना सुरु भएको छ ।शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले भन्नुभयो,“हप्ता, दश दिनमा गणना गरिसक्छौँ, गणनाका लागि स्थानीय कर्मचारी टोली नै खटिन्छ ।” गणना कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोष, तराई भू–परिधि कार्यक्रमको सहकार्य रहेको आरक्ष कार्यालयले जनाएको छ […]

२०७२ बैशाख ४ गते, शुक्रबार

सिरुवा पर्व समापन हुदै

काठमाडौ, ३ बैशाख । राजवंशीहरुको प्रसिद्ध चाड सिरुवा पर्वको आज अन्तिम दिन एकआपसमा रङ खेलेर मनाइँदैछ । पूर्वको झापा, मोरङ र सुनसरीमा रहेका राजवंशी जातिले प्रत्येक वर्षको वैशाख १, २ र ३ गते विभिन्न कार्यक्रम गरी यो पर्व मनाउने गर्दछन् । पहिलो दिन पहिलो दिन पानी, दोस्रो दिन हिलो र तेस्रो दिन रंग दलेर मनाउने […]

२०७२ बैशाख ३ गते, बिहीबार

आज जिब्रो छेडने जात्रा

काठमाडौं, २ वैशाख । भक्तपुरस्थित मध्यपुर थिमीको बोडेमा आज जिब्रो छेड्ने जात्रा मनाइंदै छ । प्रत्येक वर्ष वैशाख २ गते मनाइने प्रसिद्ध जात्रामा यस वर्ष पनि बोडेका ३४ वर्षीय जुजुभाई वाँसश्रेष्ठले फलामको १० इन्च लामो सियोले जिब्रो छेडाउंदै छन् । विगत ६ वर्षदेखि जिब्रो छेड्न थालेका वाँस श्रेष्ठले यस वर्ष पनि संस्कृतिलाई जीवन्त राख्न सातौं […]

२०७२ बैशाख २ गते, बुधबार

आजदेखि राष्ट्रिय वन्यजन्तु सप्ताह सुरु

काठमाडौ, १ बैशाख । आजदेखि ‘हाम्रो भविष्यका लागि वन्यजन्तु’ भन्ने नाराका साथ २०औँ राष्ट्रिय वन्यजन्तु सप्ताह सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, नेपाली सेना र सौराहाका पर्यटन व्यवसायी तथा संरक्षणकर्मीको संयुक्त आयोजनामा चितवनमा साताव्यापी कार्यक्रमको घोषणा गरिएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले जानकारी दिनुभयो । घोषित कार्यक्रममा संरक्षित क्षेत्रको सरसफाइ, […]

२०७२ बैशाख १ गते, मंगलवार

चितवनका होटल भरिभराउ

काठमाडौं, ३० चैत । नयाँ वर्ष मनाउन आउने पर्यटकको सङ्ख्या यो वर्ष चितवनमा बढ्ने देखिएको छ । जिल्लाको सौराहा, जगतपुर र मेघौलीका ठूला अधिकांश होटल बुकिङ भइसकेका छन् । चितवनको सौराहामा मात्र सानाठूला गरी ९७ वटा होटल छन् भने जगतपुरमा १७ र मेघौलीमा चारवटा होटल छन् । सबै होटलको कुल क्षमता दुई हजार ७०० रहेको […]

२०७१ चैत्र ३० गते, सोमबार

गैंडा गणना सुरु

काठमाडौँ । विश्व मै दुर्लभ मानिएको एक सिंगे गैंडाको गणना चितवनबाट सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले शनिबार बिहान पर्सा वन्यजन्तु आरक्षको रमौली प्रतापपुरबाट गैंडा गणना सुरु गरेका हो । गैंडा गणकलाई टिका लगाएर गैंडा गणनाको उदघाटन गर्दै वन तथा भुसंरक्षण मन्त्री महेश आचार्यले दुर्लभ एक सिंगे गैंडाको सुरक्षा र संरक्षणका लागि गणना प्रभावकारी […]

२०७१ चैत्र २८ गते, शनिबार