पहिरोमा परी बेपत्ता भएकाहरुको काजकिरिया सम्पन्न

२०७२ असार ९ गते, बुधबार

काठमाडौं, ९ असार । जिल्ला विपत व्यवस्थापन समिति ताप्लेजुङले पहिरोमा वेपत्ता भएकाको परिवालाई पनि मृतकका सरह राहत र सेवा सुविधाको लागि सरकारसंग अनुरोध गरेको छ । गत जेठ २७ गते राती गएको पहिरोले जिल्लामा अझै २० जना वेपत्ता रहेका छन् ।
पहिरो गएको दिनदेखि लगातार खोजीकार्य जारी राख्दा समेत हाल सम्म बेपक्ताको शव फेला नपरेपछि परिवारकै अनुरोधमा यस्तो माग गरिएको हो । हालसम्म पहरोका कारण खोक्लिङमा ४ र लिवाङमा १६ जना बेपत्ता रहेका छन् । मृतकका परिवारलाई प्रति परिबार ४० हजारका दरले रकम समेत वितरण भईसकेको छ भने बेपत्ताका परिबारले हालसम्म केही पाएका छैनन् ।परिबारजनले भने बेपत्ता भएकाहरुको काजकिरिया गरिसकेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु