दाता सम्मेलनको तयारी तिब्र

२०७२ असार ७ गते, सोमबार

काठमाडौ, ७ असार । सरकारले दाता सम्मेलनको तयारीका विषयमा आज थप छलफल गर्ने भएको छ । चार दिन बाँकी रहेका बेला सरकारले दाता सम्मेलनको तयारीका विषयमा छलफल गर्न लागेको हो । सम्मेलन गर्ने स्थान, अतिथिहरुको व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ ।
परराष्ट्र मन्त्रालयले सरकारका सबै सचिवहरुसँग छलफल गर्ने तयारी गरेको छ । नयाँ लगानीकर्ताका रूपमा अस्ट्रिया, न्युजिल्यान्ड, ब्राजिललगायतका देशलाई पनि निमन्त्रणा गरिएको छ ।
एसियाली विकास बैंकले विद्यालय निर्माणका लागि दुई सय मिलियन डलर दिने भएको छ । कतिपय सरकारी तथा गैरसरकारी संस्थालगायतले विद्यालय, स्वास्थ्य चौकी बनाउने प्रस्ताव शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र सहरी विकास मन्त्रालयमार्फत गरेका छन् । भारत र चीनका गरी ६५ देशका प्रतिनिधि सहभागी हुनेछन ।

प्रतिक्रियाहरु