राजनीति

लिपुलेक सम्झौता विरुद्ध युवा संघ

काठमाडौं । भारत र चिनीका बिचमा लिपु लेकका सम्बन्धमा भएको सम्झौता विरुद्ध नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले जाईलाग्ने चेतावनी दिएको छ । संघकी उपाध्यक्ष तथा राजनैतिक सांगठनिक तथा वैचारिक रुपान्तरण अभियानकी संयोजक दिलुपन्त नेतृत्वले राजधानीमा पत्रकार सम्मेलन गर्दै लिपुलेक सम्झौता नसच्याए जाई लाग्ने चेतावनी दिएको हो । ‘नेपालीको पहिचान जाई नलाग्ने र आईलाग्नेलाई […]

२०७२ असार १३ गते, आईतवार

खेलकुद मन्त्री बर्खास्त

काठमाडौं, १३असार । नेकपा एमालेले खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई मन्त्रिपरिषदबाट फिर्ता बोलाएको छ । राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव नियुक्तिमा पार्टी निर्णयविरुद्ध गएको आरोप मन्त्री पौडेलमाथि लाग्दै आएको थियो ।मन्त्री पौडेलले गत विहिवार केशवकुमार विष्टलाई परिषदको सदस्य सचिव पदमा नियुक्त गरेका थिए ।पार्टीको सिफारिश बिना आफूनिकटका विष्टलाई परिषदको सदस्यसचिव बनाएपछि संस्थापन पक्ष पौडलप्रति आक्रामक बनेको थियो । […]

२०७२ असार १३ गते, आईतवार

अर्थमन्त्री चीन जाँदै

काठमाडौं , १३ असार । अर्थमन्त्री डा. रामशरण महत आज चीन जाँदैछन् । महत एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को अस्तित्व एवम् सञ्चालनको कानुनी आधार निर्धारण गर्ने विधानमा हस्ताक्षर गर्न चीन जान लागेका हुन् । उक्त एआइआइबीको विधानमा सोमबार हस्ताक्षर गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ । हस्ताक्षर कार्यक्रममा भाग लिन अर्थमन्त्रालयका सहसचिव एवम् […]

२०७२ असार १३ गते, आईतवार

संविधानको प्रारम्भिक मस्यौदामा सहमति जुटाउने कोसिश

काठमाडौं, १२ असार । प्रमुख चार दल संविधानको प्रारम्भिक मस्यौदाका विषयमा सहमति नजिक पुगेका छन् ।आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठकमा एकीकृत मस्यौदा समितिले तयार पारेको संविधानको प्रारम्भिक मस्यौदामा छलफल भएको हो ।बैठकमा संविधानको प्राम्भिक मस्यौदाका विषयमा छलफल भएको र विवादित अधिकांश […]

२०७२ असार १२ गते, शनिबार

नोबेल मेडिकल कलेजमा प्रहरी हस्तक्षेप

काठमाडौ, ११ असार । नोबेल मेडिकल कलेजमा एक सातादेखि आन्दोलन गरिरहेका २० प्रशिक्षार्थीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार २० जना आन्दोलकारी विद्यार्थीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । एमबिबिएसका प्रशिक्षार्थी विद्यार्थीलाई न्यूनतम तलब र धरौटी फिर्तासमेत नदिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । […]

२०७२ असार ११ गते, शुक्रबार

दाता सम्मेलनमा आएका पाहुना फर्किदै

काठमाडौ, ११ असार । नेपालको पुनर्निर्माणका लागि सहयोगको प्रतिवद्धता सहित नेपा आएका छिमेकी देश र अन्तर्राष्ट्रिय दातृ निकाउका प्रतिनीधिहरु स्वदेश फर्किदैछन् । केही हिजो साँझ नै फर्कि सकेको र केही आज मात्रै फर्किने छ । केही पाहुनाहरुले नेपालका पर्यटकीय ठाउँहरु घुमेर जाने इच्छा व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हिजो राजधानीको एक होटलमा भएको […]

२०७२ असार ११ गते, शुक्रबार

चिनियाँ दूतावासमा ज्ञापन बुझाउन गएको टोली पक्राउ

काठमाडौं, १० असार । दार्चुलाको लिपुलेकबाट व्यापारिक नाका विकास गर्ने भारत र चीनबीच भएको सहमति सच्याउन माग गर्दै काठमाडौंस्थित चिनियाँ दूतावासमा ज्ञापनपत्र बुझाउन गएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको टोली ज्ञापनपत्रसहित चिनियाँ दूतावासनजिक पुगेपछि प्रहरीले पक्राउ गरेको हो । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपाली भूमि लिपुलेक भन्ज्याङलाई भारत र चीनले आफ्नो […]

२०७२ असार १० गते, बिहीबार

पुनर्निर्माणका लागि झण्डै ४ खर्ब

काठमाडौं,१० असार । महाविनाशकारी भूकम्पबाट ध्वस्त संरचना पुनर्निमार्णका लागि नेपाल सरकारले आयोजना गरेको दाता राष्ट्र सम्मेलनमा झण्डै ४ खर्ब रुपैयाँ सहयोगको आश्वासन नेपाललाई प्राप्त भएको छ । पुनर्निर्माणका लागि आवश्क पर्ने झण्डै ७ खर्ब रुपैयाँ जोहो गर्नका लागि नेपाल सरकारले आयोजना गरेको ‘नेपालको पुनर्निमार्णका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा भारत सरकारले सबैभन्दा ठूलो रकम १०० अर्ब सहयोगको […]

२०७२ असार १० गते, बिहीबार

भारतद्वारा तीन खर्बको सहायता घोषणा

काठमाडौँ । भारतले भूकम्पपछिको नेपालको पुनःनिर्माण, पुनःस्थापना र नवनिर्माणमा सघाउन करिब रु तीन खर्ब प्रदान गर्ने घोषणा गरेको छ । राजधानीमा जारी ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन समारोहमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले उक्त घोषणा गरेका हुन् । भारत–नेपाल सम्बन्धलाई ‘रोटी–बेटी’ का रुपमा प्रस्तुत गर्दै उहाँले महाविपत्तिमा परेको नेपाललाई रु दुई खर्ब सहुलियतपूर्ण ऋण […]

२०७२ असार १० गते, बिहीबार

अन्तर्राष्ट्रिय दाता सम्मेलन सुरु

काठमाडौं, १० असार । अन्तर्राष्ट्रिय दाता सम्मेलन काठमाडौंमा सुरु भएको छ । भूकम्पपछिको पुनर्निर्माणका लागि सहयोग आह्वान गर्ने उद्देश्यले दाता सम्मेलन बोलाइएको हो । काठमाडौंको सोल्टी होटलमा शुरु भएको सम्मेलनको प्रधानमन्त्री सुशील कोइरालाले उद्धघटन गरेका छन । सम्मेलनमा प्रधानमन्त्री शुसील कोइराला, अर्थमन्त्री डा. रामशरण महत, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले स्वागत मन्तव्य दिएका छन् । सम्मेलनमा […]

२०७२ असार १० गते, बिहीबार