आज अन्तर्राष्ट्रिय शरणार्थी दिवस

२०७२ असार ५ गते, शनिबार

काठमाडौं, ५ असार । आज जुन २० तारिख अर्थात अन्तर्राष्ट्रिय शरणार्थी दिवस, शरणार्थीको हक अधिकारका लागि काम गर्ने विभिन्न संघसंथा र नेपालमा रहेका शरणार्थीले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । दिवसमा शरणार्थीका हक, हित र अधिकारका कुरा जोडतोडका साथ उठाइन्छ । शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग युएनएचसीआरले द्वन्द्वका कारण धेरै मान्छे विस्थापित हुने गरेको भन्दै युद्धको निराकरण र युद्धले उत्पन्न गरेका समस्या समाधानमा जोड दिएको छ । शरणार्थीको उचित पुनस्र्थापनाका लागि नेपालमा रहेका भुटानी शरणार्थीलाई ८ वर्षदेखि अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्याण्डस्, न्यूजील्याण्ड, नर्वे, बेलायत र अमेरिकामा पुनर्वासको व्यवस्था मिलाईएको छ ।
यस्तै नेपालमा २० हजार भन्दा बढी तिब्बती शरणार्थी सहित सोमालिया, बंगलादेश, नाईजेरिया लगायतका देशका शरणार्थी छन् । ६ दशक भन्दा बढी समयदेखि नेपालमा शरणार्थीको संख्या बढ्न थाले पनि अहिलेसम्म नेपालले शरणार्थी सम्बन्धी राष्ट्रसंघीय अभिसन्धीमा हस्ताक्षर पनि गरेको छैन र शरणार्थीलाई सम्बोधन गर्ने राष्ट्रिय कानून समेत बनाउन सकेको छैन ।

प्रतिक्रियाहरु