राजनीति

भ्रष्टाचार हुने मुलुकमा नेपाल १२२ औँ स्थानमा

काठमाडौं, १० फागुन । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले १८० वटा देशलाई समेटेर सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३१ अंकसहित १२२ औं स्थानमा परेको हो । गतवर्षको तुलनामा नेपाल ९ स्थानले माथि उक्लिएको हो । गत वर्ष नेपाल १३१ औं स्थानमा थियो । सन् २०१७ को […]

२०७४ फाल्गुन १० गते, बिहीबार

एमाले संविधान संशोधनमा सकारात्मक

काठमाडौं, १० फागुन । सरकारको नेतृत्व गरेको एमाले संविधान संशोधन गर्न सकारात्मक देखिएको छ । संघीय समाजवादी फोरमका नेतासँग बुधबार भएको वार्तामा एमाले संविधान संशोधनप्रति सकारात्मक देखिएको हो । त्यसका लागि एमालेले कार्यदल बनाउने भएको छ । ‘संविधान संशोधनप्रति एमाले सकारात्मक देखिएको छ,’ फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘अब व्यवहारमा हेर्न बाँकी छ ।’ उनका […]

२०७४ फाल्गुन १० गते, बिहीबार

५० प्रतिशतभन्दा बढी सीमा–स्तम्भ गायब

काठमाडौं, ९ फागुन । कैलाली र कञ्चनपुरमा मुख्य र सहायक गरी आधाभन्दा बढी सीमा स्तम्भ हराएका छन् । मंसिर पहिलो सातादेखि दुई देशको संयुक्त सीमा सर्भे टोलीले अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो । कैलालीको खक्रौलादेखि कञ्चनपुरको ब्रह्मदेवसम्म आधाभन्दा बढी सीमा स्तम्भ हराएको टोलीले जनाएको छ । यी दुई जिल्लाका सीमा स्तम्भको प्रारम्भिक सर्भे […]

२०७४ फाल्गुन ९ गते, बुधबार

जो विचारमा कम्युनिस्ट नै छैन, उसलाई नाम किन चाहिएको हो ?

काठमाडौं, ९ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले एमाले र माओवादी केन्द्रबीच एकतापछि एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने भनिएकोमा आश्चर्य प्रकट गरे । आज प्रकाशित नयाँ पत्रिका दैनिकबाट उनको भनाई जस्ताको तस्तै– नेपाल कम्युनिस्ट पार्टी ०६९ मा निर्वाचन आयोगमा दर्ता गरेका हौँ । तर, अहिले आएर एमाले–माओवादीले पनि एकीकृत पार्टीको नाम नेपाल […]

२०७४ फाल्गुन ९ गते, बुधबार

‘एमाले र माओवादी केन्द्रबिच केही भिन्नता थिएन भन्ने कुराको पुष्टि’

काठमाडौं, ८ फागुन । माओवादी केन्द्रका नेता लोकेन्द्र विष्टमगरले एमालेसँग भएको एकतामा आफू नजाने बताएका छन् । उनले क्रान्तिकारी माओवादी धारलाई संगठित गर्ने बताए । गए राति भएको एकताले एमाले र प्रचण्ड नेतृत्वको माकेमा केही भिन्नता थिएन भन्ने कुराको पुष्टि भएको बताए । एमालेसँग पार्टी एकतापछिको पहिलो प्रतिक्रियामा विष्टले भने, “हामी ओली प्रचण्डको पार्टीमा जाँदैनौं […]

२०७४ फाल्गुन ८ गते, मंगलवार

पत्रकार गिरफ्तार

काठमाडौं, ८ फागुन । प्रहरीले धरानबाट दुई जना पत्रकारलाई गिरफ्तार गरेको छ । गएराति राति क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य जमुना श्रेष्ठ र कोशी व्युरो संयोजक लम्जेल संघर्षशिललाई लाई गिरफ्तार गरेको हो। उनीहरुलाई ईलाका प्रहरी कार्यलय धरानमा राखिएको जनाईएको छ । तर प्रहरी कार्यलयमा सम्पर्क गर्दा माथिबाट जानकारी नदिनु भन्ने आदेश आएकाले उनीहरुको बारेमा बोल्न […]

२०७४ फाल्गुन ८ गते, मंगलवार

एमाले र माओवादीबीच ७ बुँदे सहमति (सहमति पत्रसहित)

काठमाडौं, ७ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई दलको एकता संयोजक समितिको करिब चार घण्टासम्म चलेको बैठकपछि पार्टी एकताका लागि सात बुँदे सहमतिपत्र हस्ताक्षर भएको हो । सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित संयोजन समितिका […]

२०७४ फाल्गुन ८ गते, मंगलवार

‘आलोपालो गरेर प्रधानमन्त्री बनाउन हुन्न ‘

काठमाडौं, ७ फागुन । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बनाउन नहुने बताएका छन् । पार्टी एकतापछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको चर्चाप्रति टिप्पणी गर्दै उनले प्रधानमन्त्रीमा पालो प्रणाली लगाउन नहुने बताएका हुन् । रौतहटको गौरस्थित आफ्नै निवासमा […]

२०७४ फाल्गुन ७ गते, सोमबार

आज प्रजातन्त्र दिवस

काठमाडौं, ७ फागुन । आज फागुन ७ अर्थात् प्रजातन्त्र दिवस । २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको सम्झना गर्दै आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रुपमा यो दिवस मनाउँदै […]

२०७४ फाल्गुन ७ गते, सोमबार

नारायणगढ–मुग्लिन सडकखण्डको करार अवधि नथपिने

काठमाडौं , ६ फागुन । नारायणगढ–मुग्लिन सडकखण्डको करार अवधि नथपिने भएको छ । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले नारायणगढ–मुग्लिन सडकखण्डको करार अवधि अब नथपिने बताएका छन् । तेस्रो पटक थपिएको म्याद यही फागुन ८ गते समाप्त हुँदैछ । प्रेस सेन्टर धादिङले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सूचना तथा सञ्चार […]

२०७४ फाल्गुन ६ गते, आईतवार