बिज्ञान तथा प्रबिधि

अब मोबाइलमै सौर्य ऊर्जासम्बन्धी सम्पूर्ण जानकारी

काठमाडौं, १७ चैत । तपाईंले घर वा कार्यालयमा सौर्य ऊर्जा जडान गर्ने योजना बनाउनुभएको छ ? लाग्ने खर्च र आवश्यक उपकरणको उपलब्धता, प्राप्त हुने स्थललगायत सौर्य ऊर्जासम्बन्धीे सम्पूर्ण जानकारी तपाईंले आफ्नो मोबाइलमा पाउन सक्नुहुन्छ । वैकपिल्क ऊर्जा प्रवद्र्धन केन्द्र, ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रमले संयुक्त रूपमा ‘नेपाल सोलार क्याल्कुलेटर’ नामक ‘मोबाइल एप’ बनाएको छ […]

२०७१ चैत्र १७ गते, मंगलवार

चोरेको आइफोनले सेल्फी खिच्दा …

काठमाडौँ । आइफोन र सेल्फीले अहिले सबैलाई लोभ्याउने गरेको छ। तर, अमेरिकाको डेनभरमा एक महिलालाई भने एउटै सेल्फीका कारण समातिएकी छन् । अमेरिकाको डेनभरकी एक महिलाले कसैको आइफोन चोरेकी थिइन् । उनले त्यसैबाट आफ्नो सेल्फी पनि हानिन् । तर, जब उनले सेल्फी हानिन् उक्त सेल्फी आइफोनको वास्तविक धनीकोमा पुग्यो । चोरीको आइफोनबाट लिइएको सेल्फी स्वचालित […]

२०७१ चैत्र १५ गते, आईतवार

गल्ती पत्ता लगाइदिने कलम

काठमाडौँ । कम्प्युटरको दुनियाँमा एउटा यस्तो डिभाइस आएको छ जुन सायद पूरै जिवनमा निकै काम लाग्न सक्छ, मात्र तपाइँमा पढ्ने लेख्ने इच्छा चाहिन्छ । लर्नीस्टफ्ट नामको यस्तो कलमको आविष्कार भएको छ जसले मान्छेको गल्ती पत्ता लगाइदिनेछ । जब तपाइँले यो कलमले केही कुरा लेख्नुहुन्छ तब तपाइँले लेखेका हरेक शव्दमा कुनै गल्ती भएमा यसले जानकारी दिनेछ […]

२०७१ चैत्र १४ गते, शनिबार

आफै बाटो बताइदिने स्मार्ट जुत्ता !

काठमाडौं । प्रविधिले हाम्रो जिवनलाई कति सजिलो बनाइदिँदैछ भन्ने कुरा पछिल्लो पटक आइरहेका स्मार्ट ग्याजेटहरुले प्रमाणित गरिरहेका छ । यसैबीच भारतीय अनुसन्धानकर्ताहरुले स्मार्ट जुत्ता बनाएका छन् जसले मानिसलाई हिँड्ने बाटो बताइदिनेछ । गएको शनिवार कानपूरस्थित इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा भएको प्रविधि मेला टेककृति २०१५ मा यो स्मार्ट जुत्ता प्रदर्शन गरिएको छ । ‘ले चल’ ब्राण्डमा […]

२०७१ चैत्र १० गते, मंगलवार

६ महिनासम्म नचलाए सिमकार्ड निष्क्रिय हुने

काठमाडौ । निरन्तर प्रयोगमा नरहेको सिमकार्ड ६ महिनापछि स्वतः निष्क्रिय हुने भएको छ । सिम खरिद गर्ने तर त्यसको प्रयोग नहुने प्रवृत्ति बढेपछि नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो ब्यवस्था सुरु गर्ने निर्णय गरेको हो । प्राधिकरणको गत चैत २ गते बसेको बोर्ड बैठकले निष्क्रिय सिमकार्डलाई प्रयोगमा ल्याउनुपर्ने आवश्यकता भएको भन्दै यस्तो योजना अघि सारेको छ । […]

२०७१ चैत्र ९ गते, सोमबार

कतिखेर दिसा आउँछ ? अब मोबाइलले बताउँछ

काठमाडौँ । आपूmलार्ई कतिखेर दिसा लाग्छ वा कतिखेर मलमुत्र त्याग गर्न जानुपर्ने हो भन्ने कुरा समेत अब मोबाइल फोनको जिम्मामा छाडिदिने जमाना आएको छ । वैज्ञानिकहरुले यस्तो उपकरण बनाउँदैछन् जसले मानिसलार्ई कतिखेर दिसा गर्न जाने भन्ने कुरा बताइदिनेछ । डी फ्री नाम दिइएको उक्त डिभाइस खासगरी अपांग तथा विभिन्न खाले असक्तता र रोग भएका मानिसहरुका […]

२०७१ चैत्र ७ गते, शनिबार

१३ वर्षिय बालक ‘क्वाडकप्टर’ बनाएर उडाउन सफल

काठमाडौँ । बागलुङ नगरपालिका–१ रामरेखास्थित सिद्धार्थ शिक्षा सदनमा कक्षा ८ मा अध्ययनरत १३ वर्षिय विद्यार्थी रिवाज श्रेष्ठले ‘क्वाडकप्टर’ बनाएर उडाउन सफल भएका छन् । । चर्चित हिन्दी फिल्म थ्री इडियटस्बाट प्रभावित भएपछि प्रविधिको क्षेत्रमा लागेको बताउने श्रेष्ठले विभिन्न सामानहरुको प्रयोग गरी चार पंखे क्वाडकप्टर बनाएका हुन् । यसमा ११ सय केबीको मोटर पंखा प्रयोग भएका […]

२०७१ चैत्र ४ गते, बुधबार

विश्वकै महङ्गो मोबाइल

काठमाडौं । तपाईँ कस्तो मोबाइल बोक्नुहुन्छ ? काम चलाउने खालको सामान्य सेट लिनु भएको होला । अथवा फोटो खिच्न मिल्ने, जिपिआरएस चल्ने र सामान्य भिडियोसम्म खिच्न मिल्ने खालको । मूल्य सामान्य पाँच दश हजारको । तर विश्वमा यस्ता मोबाइल पनि छन् जस्को मूल्य करोडौँ पर्छ र यस्ता मान्छे पनि छन्, जस्ले करोडौँका मोबाइल बोक्छन् । […]

२०७१ चैत्र ३ गते, मंगलवार

याहु मेल खोल्न पासवर्ड नचाहिने

काठमाडौं । तपाइँलाई आफ्नो याहु अकाउण्टको पासवर्ड सम्झिनुपर्ने आवश्यकता रहनेछैन । किनकी याहुमेलको अकाउण्ट लगइन गर्नका लागि तपाइँलाई पासवर्डको आवश्यकता पर्नेछैन निकट भविष्यमै ।पासवर्ड सम्झिनैपर्ने बाध्यताबाट प्रयोगकर्तालाई मुक्ति दिलाउनका लागि याहुले एक नयाँ अन डिमान्ड पासवर्ड प्रणाली लागु गरेको छ । यसको माध्यमबाट प्रयोगकर्ताले आफ्नो याहु अकाउण्टलाई कुनैपनि बेला व्यक्तिगत रुपमा सिर्जिन युनिक कोड अर्थात् […]

२०७१ चैत्र ३ गते, मंगलवार

अवैध भिओआइपी सञ्चालक प्रहरीको खोरमा

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले अवैध भिओआइपी सञ्चालनको आरोपमा स्मार्टसेलका इलेक्ट्रोनिक इन्जिनियर प्रदीप श्रेष्ठलाई पक्राउ गरेको छ। सिआइबीको अपरेसन भोइस फक्सु टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो। उनले काठमाडौं महानगरपालिका १८ नरदेवीस्थित आफ्नै घरमा अवैध भिओआइपी सञ्चालन गर्दै आएका थिए। ३३ वर्षे श्रेष्ठको घरबाट प्रहरीले नेपाल टेलिकमका १२० सिमकार्ड समेत बरामद गरेको […]

२०७१ फाल्गुन २९ गते, शुक्रबार