गल्ती पत्ता लगाइदिने कलम

२०७१ चैत्र १४ गते, शनिबार

काठमाडौँ । कम्प्युटरको दुनियाँमा एउटा यस्तो डिभाइस आएको छ जुन सायद पूरै जिवनमा निकै काम लाग्न सक्छ, मात्र तपाइँमा पढ्ने लेख्ने इच्छा चाहिन्छ । लर्नीस्टफ्ट नामको यस्तो कलमको आविष्कार भएको छ जसले मान्छेको गल्ती पत्ता लगाइदिनेछ । जब तपाइँले यो कलमले केही कुरा लेख्नुहुन्छ तब तपाइँले लेखेका हरेक शव्दमा कुनै गल्ती भएमा यसले जानकारी दिनेछ । यो कलममा हरेक शव्दलार्र्ई ‘डिटेक्ट’ गर्ने क्षमता रहेको छ । वैज्ञानिकहरू फाल्क वल्स्की र डानियल केस्म्याचरद्वारा निर्मित यो कलम निर्माण हुनका लागि गतिलो संयोग जुरेको रहेछ । आविष्कारक वल्स्कीले आफ्नी पत्नीले बच्चालार्र्ई पढाइरहेको हेरिरहेका थिए । त्यस क्रममा बच्चाले लेख्ने बेला केही गल्ती ग¥यो । त्यो देखेपछि वल्स्कीलार्र्ई लाग्यो ‘लेख्नुभन्दा अगाडि नै गल्ती बताइदिने कुनै चिज भएको भए ।’
त्यसपछि उनले आफ्ना मित्रसँग मिलेर यो स्मार्ट कलमको निर्माणमा लागे । यो कलमको भित्र एउटा सानो कम्प्युटर राखिएको छ । त्यससँगै मोसन सेन्सर, प्रोसेसर, मेमोरी तथा वाइफाइ मोड्युल समेत रहेको छ । यो कलमले लेखिरहेको बेला जब शव्दका वर्ण अर्थात् स्पेलिङमा गल्ती हुन्छ तब यो कलममा कम्पन उत्पन्न हुन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार