६ महिनासम्म नचलाए सिमकार्ड निष्क्रिय हुने

२०७१ चैत्र ९ गते, सोमबार

काठमाडौ । निरन्तर प्रयोगमा नरहेको सिमकार्ड ६ महिनापछि स्वतः निष्क्रिय हुने भएको छ । सिम खरिद गर्ने तर त्यसको प्रयोग नहुने प्रवृत्ति बढेपछि नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो ब्यवस्था सुरु गर्ने निर्णय गरेको हो । प्राधिकरणको गत चैत २ गते बसेको बोर्ड बैठकले निष्क्रिय सिमकार्डलाई प्रयोगमा ल्याउनुपर्ने आवश्यकता भएको भन्दै यस्तो योजना अघि सारेको छ । योजनालाई पूर्णरुपमा कार्यान्वनयमा ल्याउन प्राधिकरणले छुट्टै अध्ययन समिति पनि गठन गर्ने भएको छ । प्राधिकरणका कर्मचारी सदस्य रहने सो समितिबाट प्राप्त सुझावका अनधारमा बढीमा ६ महिनाभित्र यो योजना कार्यान्वयनमा ल्याउने तयारी भएको सहप्रवक्ता अच्यूतानन्द मिश्रले जानकारी दिए ।
दूरसञ्चार सेवा प्रदायकले दावी गर्दै आएको मोबाइल सिम प्रयोगकर्तामध्ये धेरै निष्क्रिय रहेकाले पनि यस्तो योजना अघि सारिएको उनी बताउँछन् । यसरी सिमकार्ड प्रयोग नगर्ने प्रवृतिका कारण ब्यवस्थित नम्बरिङ योजनामा समस्या हुँदा पनि प्राधिकरण यस्तो निर्णयमा पुगेको हो । निष्क्रिय रहेको सिमकार्डमा रहेको रकम भने पछि पनि प्रयोग गर्न सकिने प्राधिकरणले बताएको छ । प्राधिकरणले अघि सारेको नम्बर पोर्टबिलिटी प्रणालीमा यो योजनासमेत जोडिनेछ । सिमकार्ड निष्क्रिय रहे पनि कुनै प्रयोगकर्ताले पछि अर्को सेवा प्रदायकको सेवा चाहेको अवस्थामा सो सिम प्रयोग गर्न सक्ने मिश्रले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार