बिज्ञान तथा प्रबिधि

एप्पलको स्मार्ट वाच सार्वजनिक

काठमाडौ । स्मार्टफोनको बजारमा ख्याति कमाउन सफल एप्पलले उच्च प्रविधियुक्त स्मार्ट घडी एप्पल वाच सार्वजनिक गरेको छ । फोन गर्न र म्यासेज पठाउने सुविधा तथा स्वास्थ्यसम्बन्धी एप्लिकेशनसहित एप्पल वाचको डिजाइन गरिएको छ । एप्पलले जारी गरेको विज्ञप्तीमा एप्पल वाच निकटतम र छरितो संचारको माध्यम र स्वास्थ्यको सारथी भएको उल्लेख छ । एप्पल वाचमा गीत संगीत […]

२०७१ फाल्गुन २६ गते, मंगलवार

‘सोलार विमान’ विश्व भ्रमण गर्दै

काठमाडौं । सौर्य उर्जाबाट चल्ने विमानले साेमबार विश्व भ्रमण सुरु गर्दैछ । सोलार इम्पल्स टु विमानले अबुधाबीबाट उडान सुरु गर्ने बिबिसीले जनाएको छ । ५ महिना लामो भ्रमणका क्रममा विमानले ३५ हजार किलोमिटरको दुरी पार गर्ने छ । विमानले ओमान, भारत, म्यानमार, हवाइ, चीन, न्युयोर्कको आकाशमा उडान भर्दै फेरि आबुदबीमै आएर भ्रमण टुंगाउनेछ । विमानलाई […]

२०७१ फाल्गुन २५ गते, सोमबार

पासवर्ड विना नै खुल्न सक्छ फेसबुक

काठमाडौँ । के तपाईंलाई थाहा छ तपाईंको फेसबुक अकाउण्ट चलाउनका लागि कतिपय ब्यक्तिलाई पासवर्ड ज?रत नै पर्दैन । थाहा छैन भनेपनि यो सत्य हो । फेसबुकले आफ्ना कतिपय कर्मचारीलाई फेसबुक प्रयोगकर्ताहरूको अकाउण्ट खोल्न पासवर्ड नै आवश्यक नपर्ने अधिकार दिएको छ । प्रविधीसँग सम्बन्धित रिपोर्ट प्रकाशित गर्ने भेन्टरबीटु नामक वेवसाइटका अनुसार फेसबुकले हालै मात्र आफ्ना कतिपय […]

२०७१ फाल्गुन २४ गते, आईतवार

मानिसको मस्तिष्कलाई टक्कर दिने मेसिन तयार

काठमाडौँ । वैज्ञानिकहरूले एउटा यस्तो उपकरण निर्माण गरेका छन् जसले कुनैपनि खेल आफै सिक्न सक्छ । यो उपकरणले अहिलेसम्म ४९ प्रकारका भिडियो गेम सिकिसकेको छ । यसमध्ये आधाजसोमा उक्त मेसिनको प्रदर्शन कुनै पेशेवर खेलाडीको भन्दा पनि राम्रो रहेको छ । गुगलको डिप माइन्ड परियोजनासँग सम्बद्ध वैज्ञानिकहरूका अनुसार कुनै कम्प्युटर प्रणालीबाट तयार गरिएको उपकरणले यस्तो जटील […]

२०७१ फाल्गुन २३ गते, शनिबार

महिलाद्वारा उत्पादित वस्तुको प्रदर्शन फागुन २३ देखि

काठमाडौँ । काठमाडाैंमा महिलाले उत्पादन गरेका वस्तुको प्रदर्शनी हुने भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कृषि उद्यम महासङ्घ र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सहयोगमा महिला उद्यमी महासङ्घले आउँदो फागुन २३ गते महिलाले उत्पादन गरेका वस्तुको प्रदर्शन गर्ने भएको हो । महिला उद्यमी महासङ्घकी अध्यक्ष रीता भण्डारीले महिलाको क्षमतालाई अगाडि बढाउन यस्तो आयोजना गर्न लागिएको बताइन् […]

२०७१ फाल्गुन २१ गते, बिहीबार

अब प्रिपेड र पोष्टपेडबीच पनि ट्रान्सफर हुने

काठमाडौं,१९ फागुन । नेपाल टेलिकमले आफूले उपलब्ध गराउँदै आएको टेलिफोन सेवाहरुमा एकअर्कामा रकम ट्रान्सफर गर्नसक्ने सुविधा थप गर्ने भएको छ । जीएसएम टेलिफोनअन्तर्गतको प्रिपेड मोबाइल सेवामा मात्र रहेकाले यो सुविधालाई टेलिकमले अन्य सेवासँग पनि जोड्ने योजना बनाएको आजको अभियान दैनिकमा खबर छापिएको छ। योजना सफल भएसँगै पीएसटीएन, सीडीएमए र जीएसएमका ग्राहकले सजिलै एकअर्कोमा रकम ट्रान्सफर […]

२०७१ फाल्गुन १९ गते, मंगलवार

सामसुङ ग्यालेक्सी एस ६ बजारमा

काठमाडौँ । सामसुङले ग्यालेक्सी फोन सिरिजका दुई नयाँ संस्करण सार्वजनिक गरेको छ । बार्सिलोनामा भएको मोबाइल कंग्रेसबाट सामसुङले ग्यालेक्सी एस ६ तथा ग्यालेक्सी एस ६ एज सार्वजनिक गरेको हो । ग्यालेक्सी एस ६ एजको स्क्रिन किनारबाट मोडिएको छ । सामसुङका नयाँ फोन आउँदो अप्रिल १० बाट २० वटा देशको बजारमा बिक्रिवितरण सुरु हुने जनाइएको छ […]

२०७१ फाल्गुन १९ गते, मंगलवार

गुणस्तरीयता सुधार्दै टेलिकम

काठमाडौं, १९ फागुन । नेपाल टेलिकमले आफ्नो सेवाको गुणस्तरीयता सुधार गर्न लागिपरेको जनाएको छ ।टेलिकमले हालै सार्वजनिक गरेको मोबाइल एपबारे जानकारी दिन गरेको अन्तरक्रियाका अवसरमा प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले सेवाको गुणस्तरीयता बृद्धि नै कम्पनीको अहिलेको प्रमुख चासो रहेको उल्लेख गरेका हुन् । सेवा विस्तार र गुणस्तरीयता सुधारलाई संगसंगै लगिंदै गरिएको उनले दाबी गरे । सरकारी […]

२०७१ फाल्गुन १९ गते, मंगलवार

प्राविधिक शिक्षालाइ प्रभावकारी बनाइदै

काठमाडौ, १३ फागुन । शिक्षा मन्त्रालयले प्राविधिक शिक्षालाई प्रभावकारी बनाउन बोर्ड गठन गरेर अघि बढ्ने तयारी गरेको छ । अहिले विभिन्न मन्त्रालयले भिन्दा भिन्दै रुपमा दिँदै आएको प्राविधिक शिक्षालाई एकै निकायबाट दिने व्यवस्था गर्नुका साथै प्रभावकारी पाठ्यक्रम विकास गर्न तयारी भैरहेको शिक्षा मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले बताइन । उनले फन्ड बोर्ड बनाएर एकै ठाउँबाट प्राविधिक […]

२०७१ फाल्गुन १३ गते, बुधबार

खुसी पत्ता लगाउने यन्त्र

काठमाडौँ । मानिस खुसी छ कि छैन भन्ने कुरा थाहा पाउन दार्शनिक, कवि तथा चित्रकारका अनेकौँ पुस्ताले आफ्नो जीवन विताएका छन् र उनीहरू असफल भएका छन् तर जापानको एक कम्पनीले आफ्ना कर्मचारी वास्तवमै काममा खुसी छन् कि छैनन् भन्ने थाहा पाउन नयाँ उपाय फेला पारेको बताएको छ । हिताची नामक बहुसंस्था भएको सङ्गठनको एउटा सानो […]

२०७१ फाल्गुन ९ गते, शनिबार